बीरगन्जमै ५५ वर्षिय महिलाको IVF सन्तानको सफलतापुर्वक जन्म

बीरगन्ज । IVF विशेषज्ञ डा.मोनिका यादवले ५५ वर्षको महिलाले IVF मार्फत सफलता पुर्वक छोराको जन्म दिएको जानकारी दिनु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नं.०८ का स्थानिय शम्भु यादवका श्रीमती ले १० वर्षपछि आई.भि.एफ. उपचार बिधिबाट एक छोरा जन्मीएको बताएका छन ।

बच्चा जन्मदिएकी शम्भु यादवका श्रीमतीको अवस्था बारे जानकारी गराउदै डा. मोनिका यादवले उक्त महिला मा आई.भि.एफ पहिलो पटकमै गर्भ रहन गएको तर ६ महिना पछि श्रीमतिको उमेर हदका कारण उच्च रक्तचाप देखिएकोले सो उपचार सुरु गरिएको थियो । गर्भ रहेको २८ हप्तामा पाठेघरको नसा खुच्एिको पनि देखियो ३० हप्तामा पाठेघरमा पानीको कमी पनि देखिएकोले शल्यक्रियाबाट शिशुलाई निकाल्नु पर्ने अवस्था आयो ।

सुरक्षीत शल्यक्रिया पछि करिब एक किलो दुई सय ग्रामको नवजात शिशुलाई डा. शैलेश ठाकुर,डा कुशराज गिरी र डा मधुरेन्द्र गुप्ताको टिमले यस सूर्या हस्पिटल कै NICU मा राखि १९ दिन उपचार गरिएको थियो । हाल आमा र शिशु दुबै सुरक्षीत रहेको बताउनु भएको छ ।
त्यस्तै अहिले सुर्य अस्पतालमा आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी विश्वस्तरीय IVF ल्याब सञ्चालनमा रहेको छ, जसले गर्दा बिरामीहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएको छ। यसले गर्दा मधेश प्रदेश तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाका बिरामीहरू सूर्या अस्पतालमा उपचारका लागि आकर्षित भएका छन्।

यसरी, सूर्या अस्पतालले आफ्नो उच्चस्तरीय सेवा र विशेषज्ञ टोलीको माध्यमबाट मधेश प्रदेश र भारतको बिहार राज्यका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

सूर्या अस्पताल प्रा. लि. वीरगन्ज, नेपालमा अवस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्था हो, जसले मधेश प्रदेशका साथै छिमेकी मुलुक भारतको बिहार राज्यका बिरामीहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ। यो अस्पताल विशेष गरी इन-भिट्रो फर्टिलाइजेशन (IVF) सेवामा विशेषज्ञता राख्छ, जसलाई नेपालकै अग्रणी स्वर्ण पदक विजेता IVF विशेषज्ञ डा. मोनिका यादव र उनको कुशल टोलीले सञ्चालन गर्दै आएका छन्।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....