सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ट्रामोल ५० एमजी ८१ हजार ४ सय ९० ट्याब्लेट सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले नियमित गस्तीको क्रममा भारतबाट दुर्ई जना व्यक्तिहरू टाउकोमा उक्त लागूऔषध बोकेर नेपाल आउँदै गरेको देखेपछि शंका उत्पन्न भई नियन्त्रणमा लिन प्रयास गर्दा ती व्यक्तिले बोकेको लागुऔषध त्यही छाडेर भारततर्फ भागेका थिए । बरामद गरिएका लागुऔषधलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सप्रनाउ देवेन्द्र बहादुर सिंहले बताए । उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन लागुऔषध तथा अन्य अवैध क्रियाकलापविरूद्ध सशस्त्र प्रहरी सधैं सतर्क रहेको जनाएका छन् ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....