जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ मा बस्ने ५० वर्षीय दिनानाथ साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । साह र अर्को एकजना ४० वर्षीय पुरूष मिलेर एकजना महिलालाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। साहलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए । सो घटनामा संलग्न रहेका ४० वर्षीय पुरूषको पहिचान भइसकेको र खोजतलास भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....