ड्राइपोर्ट–बगही सडकमा कल्भर्ट निर्माण शुरू

वीरगंज, ६ चैत । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम शुरू भएको छ ।
कल्भर्ट नहुँदा आउजाउमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माणको काम शुरू गरेको हो । ग्रामीण क्षेत्रका वासिन्दालाई आउजाउमा सहज होस भनेर कल्भर्ट निर्माणको काम अघि बढाएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
कल्भर्ट निर्माणको आज एक कार्यक्रमका बीच महानगर प्रमुख सिंहले शिलान्यास गर्नुभयो । ३३ लाखको बजेटमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो । कार्यक्रममा महानगरपालिकाका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय युवा, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....