वीरगंज गोल्डकपः पुलिस क्लब सेमिफाइनलमा

वीरगंज, १९ फागुन । दोस्रो वीरगंज गोल्डकप फुटबलको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ । सोमवार आदर्शनगर रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पुलिसको जितमा मनिष सेढाई र उज्वल राईले १र१ गोल गरे भने बागमतीका लागि सान्तवना गोल भुपाल मगरले गरे । खेलको १६ औं मिनेटमा सुनिल तमाङले दिएको पासमा हेड गोल गरेर सेढाईले पुलिसलाई १–० को अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपनि बित्न नपाउँदै अर्थात खेलको २६ औं मिनेटमा बागमतीका मगरले बराबरी गोल फर्काएका थिए । खेलको ७७ औं मिनेटमा पुलिसका राईले पुलिसका लागि दोस्रो गोल थपे ।
इन्जुरी समयको अन्तिम मिनेटमा बागमतीका राज भुषालले दिएको पासमा सनम धिमालले पुलिसको डिएरिया नजिकैबाट गरेको सशक्त प्रहार गोलपोष्टको बाार छेवैबाट बाहिर गएपछि बागामती बराबरी गोल फर्काउन चुकेको थियो ।सोमवारको खेलको म्यान अफ दी म्याच पुलिसका कप्तान रामचन्द्र वाजी घोषित भए । त्यसबाापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
सोमवार जित हात पारेर सेमिफाइनलमा पुगेको साविक विजेता पुलिसले फाइनलमा प्रवेशका लागि अब बुधवार घरेलु टिम वीरगंज युनाइटेड क्लबसंग प्रतिस्पर्धा गर्ने छ । वीरगंज युनाइटेड भने उदघाटन खेलमा भारतको गढवाल फुटबल क्लब दिल्लीलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा मंगलवार चौथो तथाा अन्तिम क्वाटरफाइनल खेल मच्छिनद्र फुटबल क्लब काठमाडौं र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं बिच हुनेछ । मंगलवार हुने खेलको विजेता टिमले बिहीवार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा सलहेश फुटबल क्लब सिरहासंग प्रतिस्पर्धा गर्नेछ ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....