Publi Readers
All about truth & reality in surrounding & in universe.

वर्तमान राजनैनिक प्रणाली असफल भएको छ: कमल थापा

9

 

वीरगन्ज / राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक रुपमा नै असफल भइसकेकोले राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । उहाँले गणतन्त्रादीलाई पनि चित बुझ्ने खालकाे राजसंस्था आफ्नाे पार्टीले ल्याउन चाहेकाे बताएका छन्।

वीरगन्जमा जारी पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै थापाले गणतन्त्रादी र परिवर्तनकारीहरूलाई पनि चित बुझ्ने राजसंस्थाको परिकल्पना पार्टीले गरेको बताएका हुन्।

उनले संसद् र संविधानको परिधि र नियन्त्रणमा रहने नैतिक शक्ति भएको अभिभावकको रूपमा सहमति र सम्झौताको राजसंस्थाको परिकल्पना आफूहरूले गरेको जानकारी दिए।

‘विगतको जस्तो राजसंस्था हामीले परिकल्पना गरेका छैनौँ, २०६३ सालभन्दा अघिको राजसंस्था पुनःस्थापना हुने सम्भावना पनि हामी देख्दैनाै, ‘उनले भने, अहिलेको राजसंस्था भनेको गणतन्त्रादी पनि चित बुझ्ने, परिवर्तनकारीलाई पनि चित बुझ्ने सहमति र सम्झौताको राजसंस्था हुन्छ।’

राजसंस्थाको कुरा गरेर स्थापना गरी लोकतन्त्र वा प्रजातन्त्र समाप्त पार्ने प्रयास गरेको भनी आफ्नो पार्टीमाथि लगाइने आरोपमाथि सत्यता नभएको थापाको भनाइ थियो।

प्रजातन्त्रको सवालमा अन्य दलभन्दा आफ्नो दल एक इन्च पनि कम नभएको उनको दाबी थियो। अहिले मिटर ब्याज, लघुवित्त तथा बैंकको ब्याजका कारण लाखौँ नेपाली जनता समस्यामा भएकाले बढीभन्दा बढी पीडित ऋणीहरूको ऋण मिनाहा गर्नुपर्ने माग थापाले सरकारसित गरेका थिए। मिटरब्याजलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

Leave A Reply

Your email address will not be published.