Publi Readers
All about truth & reality in surrounding & in universe.

जसपा मधेस प्रदेश तदर्थ समिति गठन , अध्यक्षमा बालकिशोर यादव

11

बीरगन्ज / जनता समाजवादी पार्टी ( जसपा ) ले मधेस प्रदेश समिति विघटन गरि बालकिशोर यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको छ ।
२०८० पौष मसान्तसम्म पुनर्गठन गरिसक्नुपर्ने मा नगरेकोले केन्द्रिय समितिले मधेस प्रदेश समिति विघटन गरि नयाँ तदर्थ समिति गठन गरेको छ । नयाँ प्रदेश तदर्थ समितिलाई निर्धारित समयभित्र प्रदेश अधिवेशन गर्नुपर्ने मधेस प्रदेशको इन्चार्ज मृगेन्द्र कुमार सिंह यादव ले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ ।
यसैगरी बृजमोहन तिवारीको अध्यक्षता मा १३ सदस्यीय सल्लाहकार समिति , महाराज यादव को अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा प्रदेश लेखापरीक्षण आयोग गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.