Publi Readers
All about truth & reality in surrounding & in universe.

समाजवादी प्रेस संगठन पर्साको अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन

10

बीरगन्ज ।समाजवादी प्रेस संगठन पर्साको दोस्रो जिल्ला अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षता १७ सदस्यीय जिल्ला  कार्यसमिति गठन गरेकाे छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साकाे विशेष जिल्ला अधिवेशनले अध्यक्षमा शम्भु कुमार सुमन,उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिव विनाेद पटेल, सह सचिवमा श्याम सर्राफ , काेषाध्यक्षमा संताेष साह सदस्यमा श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सराेज पटेल, अमाेद शर्मा, श्रवण साह, राधेश्याम पटेल सर्वसहमत चयन हुनु भएको छ । अधिवेशन मा समाजवादी प्रेस संगठनको केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन सहित केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । अधिवेशन मा नेकपा एस का पर्सा अध्यक्ष बालगोपाल थापाको सहभागिता रहेको केन्द्रीय सचिव बृजलाल पासवानले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.