Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्ज भन्सार प्रशासन आजबाट कागजविहीन बन्यो

130

बीरगन्ज /बीरगन्ज भन्सार प्रशासनको कामकाज कागजविहिन (पेपरलेस) बनाइन थालिएको छ।

शुक्रबार (माघ १२ गते)  वीरगञ्ज भन्सारबाट यो अभ्यासको थालनी गरिएको छ। पहिलो चरणमा वीरगञ्जको भन्सार कार्यालयबाट यसको सुरुआत गरिएको हो। 

‘काजगविहीन बनाइँदाका लाभ धेरै छन्,’ भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘यसले प्रशासनिक लागत समेत घट्छ भने प्रशासनका कर्मचारी र व्यवसायीबीच प्रत्येक्ष भेटघाट नहुने हुँदा आर्थिक लेनदेनमा पनि कमि आउँछ।’

पौडेलका अनुसार कागजविहिन बनाइएकाले अब वीरगञ्ज भन्सारमा जाँचपासको क्रममा डिजिटल हस्ताक्षरको समेत प्रयोग हुनेछ।  साभार : सेतोपाटी

Leave A Reply

Your email address will not be published.