Publi Readers
All about truth & reality in surrounding & in universe.

सशस्त्र प्रहरी बल सिर्सिया मा प्रमुख दत्त आए पछि तस्कर मच्चियो हडकम्प

25

वीरगञ्ज १९ पुस

वीरगंज महानगरपालिकाको छपकैया नाका बाट अहिले  पुर्ण रुपले तस्करी को लाईन बन्द भएको  देखिन्छ ।   सशस्त्र प्रहरी बल सिर्सिया मा ईन्चार्ज को रूपमा प्रविन दर्ता आए पछि अहिले   तस्कर खैलाबैला मचाएको  छ ।

भकुवा, छठी घाट, नरकट हुदै भुलभुलैया बाटो भएर छिटो छरितो तस्करी को समान बजार बजार सम्म पुराउदै आएको तस्कर हरुले अहिले विओपि दत्त बाट लाईन नपाउदा उनिहरु मा खैलाबैला मचाएको देखिन्छ।

भन्सार छलेर कपडा, हाडवेयर , काजु, किरान समान, जुत्ता , पर्स लगायतका समान नेपाल भित्रिदा भन्सार को राजस्व संकलनमा समेत कमि  हुने गरेको  थियो ।

केही महिना  पहिला छपकैया नाकाबाट बेलुका देखी रातीको समयमा तस्करहरुको लावा लस्कर लाग्ने गर्दथ्यो तर अहिले सो नाका बाट तस्करी को लाईन नपाउदा उनिहरु बिचल्ली भएको छ।

प्रमुख को रुपमा दर्ता  आएको एक महिना नबित्दै करिब ८ लाख भन्दा बढीको  माल समान समातेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएका छन।

नेतृत्व क्षमताकाे कारण २४ घण्टा डियुटि दिनरात तल्लिन छन।  दत्तको लगनसिलता , असल व्यवहार का कारण भन्सार को राजस्व संकलनमा केही वृद्धि हुन सकिने देखिन्छ।

Leave A Reply

Your email address will not be published.