Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्ज महानगरको सदभावनादूत अशोक वैद वनारसमा, वनारस र बीरगन्ज विच भगीनी सम्बन्ध हुने

89

बीरगन्ज /

बीरगंज महानगरपालिका को सदभावना दूत तथा नेपाल भारत सहयोग मंच को राष्ट्रीय अध्यक्ष अशोक कुमार वैद र बनारस नगर निगमको प्रमुख अशोक तिवारी बिच भेटवार्ता भएको छ । भेटको क्रममा बनारस नगर निगमको मेयर तिवारीले बीरगन्ज र बनारस विच भगीनी सम्बन्ध अझ प्रगाढ गर्ने बताउनुहुदै बाबा विश्वनाथको प्रसद र अगंवस्त्र ले वैदलाई सम्मान गर्नु भएको थियो । यसैगरी वैदले पनि माता जानकीको मिथिला पेन्टीङ्ग युक्त शाल ओढाएर सम्मान गर्नु भएको थियो ।

दुबै महानगरपालिका को बिचमा सांस्कृतिक र सामाजिक सबंध लाई बलियो बनाउन (MOU ) सहमति पत्र मा पनि चर्चा भएको थियो । सो अवसरमा विश्व हिन्दू परिषद काशी प्रान्त को सह विशेष संपर्क प्रमुख सत्य प्रकाश सिंह , प्रधानमन्त्री नरेन्द मोदीको संसदीय कार्यालय प्रभारी शिवशरण पाठक , शशि भूषण त्रिपाठी विहिप काशी प्रान्त, अजय सिंह आदि उपस्थित थियो ।

Leave A Reply

Your email address will not be published.