Publi Readers
All about truth & reality in surrounding & in universe.

पर्साको विभिन्न नाकाबाट बढ्यो तस्करी , राजस्वमा आयो कमी

26

बीरगन्ज । देशमा लक्ष्य भन्दा धेरै कम राजस्व संकलन भैरहेको वेला सिमावर्ती पर्साको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको छ ।

नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको छ । राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सादा पोशाकमा खट्ने टोलि का प्रहरीहरुको संरक्षणमा नै अहिले सीमावर्ती क्षेत्रबाट विभिन्न सामानहरुको खुलेयाम तस्करी भइरहेको छ ।

नेपाल सरकारले भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था गरेपनि  तस्करहरुको समूहले सिमा नाका क्षेत्रमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा खुलेयाम वीरगंज बजारसम्म माछाको तस्करी गर्ने गरेका छन् । माछाको खुलेयाम तस्करले एकातिर राजस्व मासिरहेको छ भने अर्को तीर स्वदेशी माछा उत्पादकहरुले घाटा व्यवहोर्नु परेको छ ।

यस्तै भारतीय कपडाहरु खुलेयाम तस्करी भई वीरगंज बजारसम्म पुग्ने गरेका छन् । भारतबाट व्यापारीहरुले नियमानुसार किनेर ल्याउँदा बढि पर्ने गरेको हुँदा तस्करीको कपडाहरु नै बजारमा अहिले छ्यापछ्यापी पाउँछन् । भारतको सीमावर्ती सहर रक्सौलबाट विना भन्सारका लाखौं बराबरको कपडा दिनहुँ वीरगन्ज भित्रि रहेको छ ।

तस्करहरुको समूहले महँगो मूल्य बराबरको सुटिङ्ग सटिङ्गका कपडाहरु भारतीय सहर रक्सौलबाट रातिको समयमा वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा नयाँ वस्ती स्थित गोदाममा ल्याएर थन्काउने र विहानदेखि बेलुकासम्म ठेलामा राखेर खुलेयाम वीरगन्ज बजारसम्म पु¥याउने गरेका छन् । नगवाको नयाँ वस्तीमा तस्करहरुको गोदाम नै छ । गोदाममा रातिको समयमा दर्जनौं तस्करहरुले महँगो मूल्यका कपडाहरु ल्याएर थुपार्छन् ।

भोलिपल्ट विहानदेखि साँझसम्म ठेलामा राखी जेलटोल, कुम्हालटोल हुँदै वीरगन्जको आदर्शनगर स्थित कपडा व्यापारीहरुको पसलसम्म उक्त कपडाहरु पुग्ने गरेको बताइएको छ । रातिको समयमा तस्करहरुले भारतबाट कपडा तस्करी गरि नेपालसम्म ल्याउने गरेका छन् भने दिनमा त्यही कपडालाई राखेर वीरगन्जको मुख्य बजारसम्म पु¥याउँदा कोही कसैले चेकजाँच न रोकटोक गर्ने गरेको पाइएको छ ।

विहानदेखि साँझसम्म कुम्हालटोल ६ नम्बर गेट हुँदै   कपडाहरु खुलेयाम मुख्य बजारसम्म पुग्ने गरेको छ र त्यसलाई कसैले रोकटोक गर्ने गरेको छैन । तस्करहरुको सेटिङ्ग सीमावर्ती क्षेत्रमा रहेको प्रहरी चौकी एवं सशस्त्र प्रहरीहरुसँग मात्र नभई जिल्ला देखि केन्द्रसम्म रहेको बताइएको छ । सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको बताइएको छ ।

ठुलठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म । त्यो बेलासम्म सशस्त्र प्रहरी एवं सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा भेट्दिैनन्, तर अन्य बेला तैनाथ खटेका हुन्छन् । यो त उदाहारणको पात्र मात्रै हुन् । वीरगन्जमा दर्जनौं ठूलठूला तस्करहरु छन्, जसले खुलेयाम वीरगन्ज बजारसम्म भारतीय सामानहरु पु¥याउने गरेका छन् । अहिले  भारत सरकारले  पिताजीको निरयात रोके पछि  पर्सा जिल्लाको मुख्या तथा ग्रामीण नाका हुदै व्यापक तस्करी भइरहेको छ ।

वीरगन्ज भन्सारमा खटेका सशस्त्रहरुले तस्करहरुलाई इशारा दिएपछि मात्रै सामानहरु भित्रिने गरेको छ । यसैगरि वीरगन्जको नगवा एवं भुट्नदेबि हुँदै तस्करहरुले साइकलमा विभिन्न तस्करीका सामानहरु नेपाल भित्र्याउने गरेका छन् । चौपायाको तस्करी पनि तिब्र रुपमा बढेको छ । चौपाया तस्करहरुले भारतबाट किनेका चौपायाहरुलाई चराउने बहाना बनाउँदै सीमा पारी ल्याउने गरेका छन् ।

सीमा क्षेत्रमा भैसी चराउने भन्दै साँझ हुने वित्तिकै नेपाल प्रवेश गराउने गरेका छन् । खास गरेर दशैता ,पाडेपूर , महादेब पट्टी, बिजय बस्ती नाका हुदै चौपापायहरु बढि नेपाल भित्रिने गरेका छन् भने जिल्लाको ग्रामीण भेगका सीमा हुँदै पनि चौपायाहरु नेपाल ल्याउने गरिएको छ । यिनीहरुलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटाइएको छ तर तिनीहरु रोक्नुको सट्टा उल्टै संरक्षण गर्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.