Publi Readers
All about truth & reality in surrounding & in universe.

करीव ९ अर्व बक्यौता रहेको ४ उघोगको विधुत प्राधिकरणले लाइन काटयो

39

काठमाडौं  /  नेपाल विद्युत् प्राधिकरण ले ८ अर्व ७४ करोड महसुल बक्यौता रहेको ४ वटा उघोगको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको शुक्रबार काटेको छ ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिलको बक्यौता सबैभन्दा धेरै छ । जगदम्बाको मात्रै चार अर्ब १४ करोड रुपैयाँ महसुल बक्यौता छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको एक अर्ब ९४ करोड, घोराही सिमेन्टको एक अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टको एक अर्ब ३० करोड बक्यौता छ । लाइन काटिएपछि यी उद्योगमा लाइटिङ लोडसमेत दिइएको छैन । 

देश लोडसेडिङको चरम मारमा रहेका वेला ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युतकाे २१ अर्ब ८८ करोड बक्यौता छ, प्रधानमन्त्रीको निर्देशनलगत्तै विद्युत् प्राधिकरणले बक्यौता उठाउन आक्रामक पहल थालेको छ ।

Leave A Reply

Your email address will not be published.