Publi Readers
All about truth & reality in surrounding & in universe.

सरकारले प्रतिक्विन्टल ५६५ रुपैयाँ तोक्यो उखुको न्यूनतम मूल्य

9

काठमाडौं / सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ।

सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ।

उद्योग र सरकारी अनुदान गरि अव किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। किसानहरुले भने उखुको खरिदमूल्य प्रतिक्विन्टल ७ सय ५० पुर्‍याउनुपर्ने माग राख्दै आएका थिए।

Leave A Reply

Your email address will not be published.