Publi Readers
All about truth & reality in surrounding & in universe.

हरि खेतानको पुर्व क्याम्पस प्रमुख यादवले लगाएको आरोप घृणित , निराधार र कपोलकल्पीत : क्याम्पस प्रशासन

461

 

बीरगन्ज । हरि खेतानको पुर्व क्याम्पस प्रमुख भगवान यादवले लगाएको आरोप घृणित , निराधार र कपोलकल्पीत रहेको क्याम्पस प्रशासनले आज पत्रकार सम्मेलन गरि जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी क्याम्पस संचालक समिति, विधान र निर्णय प्रकृया प्रति यादवले लगाएको आरोपको क्याम्पस प्रशासन ले आज पत्रकार सम्मेलन गरेर प्रमाण   सहित खण्डन गरेको छ ।
हरि खेतान बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. भगवान यादवलाई क्याम्पसको बिधान सम्मत निर्णय गरि उमेरहदको अवकाश दिएको संचालक समितिले जनाएको छ ।
पुस १ गते हरिखेतान बहुमुखी क्याम्पसको अध्यक्ष पि पी खेतानको अध्यक्षता मा सम्पन्न संचालक समितिको बैठक ले ६३ वर्ष उमेर हद पुगेको क्याम्पस प्रमुख डा. भगवान यादव सहित शिक्षकहरुलाई क्याम्पसको सेवाबाट अनिवार्य अवकाश दिइने निर्णय गरेको छ । सोही बैठक ले नियुक्त गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायले अवकाशप्राप्त क्याम्पस चिफ भगवान यादवले लगाउनु भएको आरोपको खण्डन गर्नुहुदै मिति २०८० असोज १९ गतेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् बैठक को २३२५ नम्बर निर्णय को संशोधन सहित पारीत क्याम्पसको संशोधीत विधाननै आधिकारिक विधान रहेको र सोही विधान अनुसार निर्णय गरिएको दावी गर्नु भएको छ ।
नि. क्याम्पस प्रमुख रायले विधानको प्रस्तावना मै हरि खेतान बहुमुखी क्याम्पस गैर नाफामुखी सामुदायिक क्याम्पस को रुपमा संचालन गरिने उल्लेख रहेकोले क्याम्पसलाई निजीकरण गरिने प्रश्न नै नरहेको स्पष्ट पार्नु भएको छ । झण्डै डेढ दशक क्याम्पस को शिक्षक कर्मचारीलाई नीजी खर्चबाट पारीश्रमिक दिएका दाता परिवार प्रति निराधार, घृणित आरोप लगाउनु भएको छ, रायले बताए ।
हरि खेतान बहुमुखी क्याम्पसमा ४ हजार ९ सय विद्यार्थी र १३६ शिक्षक तथा कर्मचारी कार्यरत छ्न।

Leave A Reply

Your email address will not be published.