Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्जमा नेपाली नक्कली नोटको बिगबिगी , ३८ हजार नक्कली नोटसहित २ पक्राउ

57

बीरगन्ज/ जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली ३८ हजार नोट सहित दुई जना मानिसहरू पक्राउ गरेको छ ।
जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली पसलेलाई दिएपछि प्रहरीले पक्राउ गरेको छ ।  बारा कलैया उ.म.न.पा.वडा नं.३ बस्ने वर्ष २५ को उमेश कुमार र जि.पर्सा वी.म.न.पा.वडा नं.३१ कोनिया बस्ने वर्ष २४ को ऋषिलाल पटेलको साथबाट नेपाली नक्कली नोट रू.१००० दरका ३८ थान रू.३८,०००।– ( अड्तिस हजार ) फेला परेको हुँदा उल्लेखित नक्कली नोटहरू बरामद गरी निजलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.