एमाले बीरगन्ज महानगरको बैठक सम्पन्न , पोखरीयामा हजारौको सहभागीता गराउने ५ गते ओली आउदै
बीरगन्ज /
नेकपा एमाले बीरगन्ज महानगर कमिटीको बैठक अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षता मा आज बस्यो । अगामी मंसिर ५ गते पोखरीयामा श्रद्धेय अध्यक्ष के पी ओलीको प्रमुख आतिथ्य मा हुने सभा र पार्टी प्रवेश कार्यक्रममा संगठीत सदस्यहरुको अनिवार्य उपस्थिति हुन र हरेक वडाबाट जनसहभागिता गराउन निर्णय भएको छ । महानगर कमिटीमा रिक्त सदस्यहरुमा मनोनयन र सचिवालयमा सदस्यहरुको मनोनयन गरिएको महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिनु भएको छ । अगामी मंसिर २३ गते महानगर स्तरिय प्रशिक्षण को आयोजना गर्ने निर्णय पनि भएको कुर्मीले बताउनु भयो ।
सो बैठकमा नव निर्वाचित पार्टी प्रदेश कमिटी उपाध्यक्ष विचारी यादवलाई खादा लगाएर बधाई सम्मान गरिएको थियो ।बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाद्व्य निर्मला देवकोटा र प्रभु हजरा तथा प्रदेश कमिटी उपाध्यक्ष विचारी यादवको उपस्थिति रहेको थियो ।