Publi Readers
All about truth & reality in surrounding & in universe.

दोहोरो नागरिकता लिएका सराफ लाई अझै भएन कार्वाही

50

नितेश कर्ण

वीरगन्ज २४ कार्तिक ।

पर्सा जिल्लामा भारतीय नागरिकहरूले पैसाको बलमा  नेपाली नागरिकता हात पार्न सफल भइरहेका छन् ।  जिल्ला प्रशासन कार्यालय को मिलोमतोमा भारतिय नागरीकहरुले पर्सा जिल्ला वाट नेपाली नागरिकता लिने गरिएको  बेला बेलामा तथ्य बाहिरिने गरेको छ। पैसाकै बलमा नेपाली नागरिकता हात पार्न  सफल भएका केही  व्यक्ति को प्रमाण हामीलाई प्राप्त  भएको छ ।

२०७८ साल कार्तिक १ गते छिमेकी मुलुक भारत बिहार राज्यको ग्राम इनर्वा हरपुर थाना अदापुर ग्राम पंचायत रक्सौल जिल्ला पूर्वी चम्पारण का बासिन्दा रामनाथ साह सोनार र निजकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार र निजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र निजकी श्रीमती मञ्जु देवीले पैसाको बलमा नेपाली नागरिकता हात पार्न सफल भएका हुँदा सो छानबिन गरी यिनीहरूको सम्पति समेत जफत गरी देशभक्त नेपालीको नामबाट जिल्ला प्रसाशन कार्यालय पर्सामा सप्रमाण उजुरी परेपछि यो रहस्य बाहिर आएको हो ।

पैसाको बलमा यी भारतीय नागरिकहरूले पर्सा जिल्लाको साविक बगही गाउँ विकास समिति वडा नं ३ हाल वीरगन्ज महानगरपालिका वडा नं २८ बाट नेपाली नागरिकता हात पार्न सफल भएका हुन् ।  भारतको बिहारबाट जारी पंचायत ग्राम निर्वाचनको नामावली समेत नाम रहेको  प्रमाण यस अनलाईन लाई प्राप्त  भएको छ।

रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले परिचित छन् । उनका माईला छोरा सन्दीप सराफ लेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुन तस्करी र हुण्डीको कारोबार सघाउँदै आएका छन् । उनीहरुको वीरगञ्ज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदस् कारोबार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् ।

नेपाल छिरेपछि यिनीहरूले अवैध कारोबारमा संलग्न रही अकुल सम्पति कमाएका छन् । यिनीहरूको अवैध धन्दामा बारे विभिन्न सामाजिक सञ्जाल तथा रिपोर्ट्स क्लबहरुबाट समाचारहरु सार्वजनिक हुँदा पनि यिनीहरू माथि कुनै कारवाही नहुनु नै रहस्यको विषय भएको छ ।

यिनीहरूले बिरगंजमा जय माँ दुर्गे ज्वेलर्स , आर .के. एंड संस , माँ दुर्गे मनी चेन्जरको नामले नेपाल भरी पैसा पठाउन र पाउन सक्ने गरी सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायत नुन देखि सुन सम्मको अवैध कारोबार गर्दै आएका छन् ।

२०७९ माघ २९ गते दोहोरो नागरिक बच्चा सोनारका छोरा रामनरेश साह भन्ने सुनिल कुमार लागू औषधसहित पक्राउ परेका समाचार समेत सार्वजनिक भएको थियो । जसमा पर्सा प्रहरीले ठूलो रकम कुम्ल्याएर निजलाई संरक्षण दिन खोजेपछि पर्सा प्रहरी समेत विवादमा आएको थियो । हालै केही दिन पहिले ६१ किलो सुन प्रकरणमा समेत यिनीहरू प्रहरीको फरार सूचीमा थिए ।

रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागुन ५ गते उल्लेख छ । उनको बाबुआमाको नाम महादेव साह सोनार र वास्मती देवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।

त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो ।

उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जु देवी सोनार रहेको छ ।उनीहरुले झुठो विवरण पेश गरी केही कर्मचारीहरुको मिलेमतोमा नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

यति हुँदा हुँदै पनि यिनीहरू निर्धक साथ घुमिरहेका छन् ।कारवाही भईरहेको बहानामा उल्टै प्रहरी प्रशासनले संरक्षण प्रदान गर्दैछ । आखिर किन त भन्ने प्रश्न गर्दा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाइएको बताए ।

एउटै परिवारका एउटा समुहले अवैध नागरिकता लिएर विभिन्न अवैध कारोबारमा संलग्न रही अकुल सम्पति आर्जन गरिरहेका यो एउटा नमुना घटना मात्र हो । यस्ता कैयन भारतीयहरुले आफ्नो स्वार्थ पूरा गर्दै देशलाई चुस्तै आएका छन् । उनीहरूलाई कार्यवाही गरी सम्पति जफत गर्दै नेपाली नागरिकता समेत बदर गर्दै जेल सजाय दिनुपर्ने हुनेमा उल्टै संरक्षण गर्नुको कारणके होला ?

 

Leave A Reply

Your email address will not be published.