ड्राइपोर्ट चैक मा ट्राफिक प्रहरीको असुली धन्दा कायमै
नितेश कर्ण
पर्सा २१ कार्तिक ।
पर्सामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अवैध रकम असुली गरिरहेको पाइएको छ । विरगंजको ड्राइपोर्ट, चौकस्थित ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक वीरबहादुर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अवैध रकम असुल्ने गरेको पाइएको हो ।
ड्राइपोर्टमा तीन पाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यवसायीसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजारसम्म महिनावारीकै रुपमा अवैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताएका छन् ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्सा वीरगञ्जका प्रहरी निरीक्षक भाष्कर खतिवडाले भने यसको विषयमा तपाईं ड्राइपोर्ट नै गएर बुझ्नुस म व्यस्त छु भनेर जवाब फर्काए । पछि आफै फोन गरेर कार्यालयमा आउनु बसेर कुरा गरौं प्रहरी निरीक्षक खतिवडाले भने । पर्सामा दिनहुँ ठूलो संख्यामा सानादेखि ठूला गाडीहरु क्षमताभन्दा बढी लोड गरी हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरूको आरोप छ ।