Publi Readers
All about truth & reality in surrounding & in universe.

यातायात कार्यलय वीरगञ्जका प्रमुख गौतम बिचौलिया र कार्मचारी मार्फत् लाईसेन्स बिक्री गर्दै

48

वीरगञ्ज २१ कार्तिक

वीरगञ्जमा रहेको नारायणी यातायात व्यवस्था कार्यालयका प्रमुख कमलराज गौतमले सवारी ‘लाइसेन्स’ लिनका लागि लिखित र ‘ट्रायल’ परीक्षा दिने व्यक्तिहरुसँग घुसको दररेट तोकेर संगठितरुपमा रकम उठाएर लाइसेन्स दिनेगरेको स्रोतले बताएको छ।

कार्मचारी बिबाद समाधान भए पछि अहिले पुन्ह ट्रायल परीक्षा मा चलखेल सुरु भएको छ। गत भाद्र १२ गतेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक सागर घलेको चार सदस्यीय टोलीले ट्रायल परीक्षाको प्रत्यक्ष निगरानी गरेको थियो । अख्तियारको टोलीले त्यसरी निगरानी गर्न थालेपछि कार्यालयप्रमुख गौतम डरले कार्यालयमा उपस्थित हुन छाडेका थिए पछि उनकै निर्देशनमा ‘सेटिङ’मा बिचौलिया खडा गरेर असुली धन्दा सञ्चालन गर्ने कर्मचारीहरु पक्राउ पर्ने डरले त्रसित भएका थिए ।

काठमाडौं उपत्यकालगायत अन्यत्रबाट लिखित परीक्षा र ट्रायल पास गरेर सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) लिन नसकेका व्यक्तिहरु घुस दिएर सेटिङमा लाइसेन्स लिन वीरगञ्ज आउने गर्दछन् र त्यस्ता व्यक्तिहरुसँग मोटरसाइकलको १५ हजार, जीप कारको २० देखि ३० हजार, बस ट्रकको २५ देखि ५० हजार, स्कुटरको १० हजार, ट्र्याक्टरको १५ हजार, दमकल डोजर, एक्स्काभेटरलगायत मेसिनरीको ५० हजार रुपैयाँ तिरेर सजिलै लाइसेन्स पाउने गरेका छन् ।

कार्यालयप्रमुख गौतमले करारमा भर्ना गरिएका कर्मचारीहरु र बिचौलिया खडा गरेर त्यसरी अतिरिक्त पुन्ह रकम असुलेर लाइसेन्स वितरण गर्नेगरेको स्रोत ले बताएका छन्।

कार्यालयप्रमुख गौतमका विश्वासपात्र शम्भु गुरुङ ले ट्रायल मा फेल भएका हरू संग पैसा लिएर पास गराउने गरेको स्रोतले बताएका छन्। बिचैलिया मार्फत् हुन नसक्ने काम विश्वासपात्र गुरुङ को मार्फत् गयो भने भैइ दिने गरेको स्रोत को दावि रहेको छ।

 

शम्भु गुरुङ सँग मिलेर ट्रायल भएको दिनको ‘रिजल्ट सिस्टम’मा ‘अपलोड’ ट्रायल प्रमुख बबिता जयसवाल ले गर्ने गरेको छ। असुली धन्दा नमिलेका कारण ले केही दिन अगाडि भएको ट्रायल परीक्षा को नतिजा मा ट्रायल प्रमुख जयसवाल ले नगरेको र उनकै कारण नतिजा प्रकाशन मा ढिलाई भइरहेको स्रोत ले बताएका छन्।

 

त्यस्तै २०८० असार ५ गते आठ सय जना परीक्षार्थीहरुको लिखित परीक्षामा समेत कार्यालयप्रमुख गौतमले उत्तरपुस्तिका खाली राख्न लगाई परीक्षापछि विभिन्न मसीको कलम प्रयोग गरी आफ्ना सहयोगी लगाएर उत्तरपुस्तिका भर्न लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साथै विभागीय प्रमुखको कार्यालयमा उजुरी परेको थियो ।

कार्यालयप्रमुखकै मिलेमतोमा भएको भ्रष्टाचारमा सर्वत्र विरोध र चर्चा हुन थालेपनि अख्तियार अनुसनध को ध्यान जान छैन।

कार्यालयप्रमुख गौतम आएपछि अन्यत्र फेल भएर बसेकाहरु समेत गौतम भएकै ठाउँमा ट्रायल दिन जान थालेका थिए ।

Leave A Reply

Your email address will not be published.