छपकैया नाकाबाट कपडा को तस्करी हुदै
वीरगञ्ज, ।
भारत संग जोडिएको वीरगञ्जको छपकैया सिर्सिया सिमा नाका बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कै सहयोगमा कपडाको तस्करी तिब्र रुपमा भइरहेको भेटिएको छ ।
सिमा सुरक्षा तथा अवैध चोरी तस्करी नियन्त्रण गर्न खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कै सहयोगमा कपडाको तस्करी मौलाएको पाइएको हो ।
ईलाका प्रहरी चौकी छपकैया तथा सशस्त्र प्रहरी बल बिओपी सिर्सीयाको सहयोगले तस्करहरु बेलुका ७/८ बजे देखि कपडाको तस्करी निर्वाध चलाइरहेका छन ।
भारत बाट नेपाल तर्फ कपडाको व्यापक तस्करी भइरहेको भिडीयो यस अनलाईनले फेला पारेको छ ।
कपडा ओसार पसारका लागी तस्कर समुहले नेपाली र भारती नम्बर को मोटरसाइकल प्रयोग गरिरहेका छन ।
ट्रान्सपोर्ट हरूको मध्यम बाट काठमाडौं , नरायणघाट, पोखरा लगाएतका ठाउँ हरुमा पठाउने गरेको स्रोतले बताएको छ।
ठाकुरराम क्याम्पस छेउकै उत्तर पटिको ड्राईपोर्ट जाने बाटो बाट मौजे सिर्सीयाको बाटो हुदै तथा बजार छपकैया जिल्ला शिक्षा कार्यालय को पछाडी को बाटो हुदै ट्रान्सपोर्ट सम्म तसकर हरुले कपडा पुगाउने गरेको छ।
नदि किनारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली दिन र रात खटने गरेको भएपनि ईलाका प्रहरी चौकी छपकैयाका प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बिओपी सिर्सीयाका प्रमुखले तस्करहरुको आर्थिक प्रभावमा परि अवैध समान ओसार पसारमा कुनै रोक टोक नगर्न डियुटीमा खटिएका प्रहरीलाई उर्दि दिएका छन ।
छपकैया स्थित छठिया घाट तथा भारितय सिमावर्ति गाउ सुन्दरपुरको बाटो भएर छपकैया तर्फ कपडाको पनि अवैध ओसार पसार भइरहेको स्थानीय बताउछन ।
कपडाको ओसार पसारमा पनि दर्जनौ व्यक्ति लागेका छन । स्थानीय प्रहरी युनिटलाई तस्करहरुले आर्थिक प्रभावमा पारेर दैनिक लाखौ रुपैया बराबरको कपडा अवैध रुपमा भन्सार चोरी पैठारी गरि वीरगञ्ज भित्रयाइरहेका छन ।
छपकैयाको एरीयामा दिउसै खुलेयाम रुपमा तस्करी भइरहदा क्यूआरटी टोलीको ध्यान यता नपर्नुले तस्करहरुको आर्थिक प्रभावमा त परेको हैन आशंका गर्ने ठाउ सिर्जना गरेको छ ।
यस तर्फ सम्बन्धीत निकायको समयमै ध्यान पुग्न जरुरी देखिन्छ ।