पर्सा र बारा जिल्लाको सिमा नाका बाट खुलियाम तस्करी भैइ रहदा प्रहरी प्रसासन प्रमुख मोन धरान ( फोटो सहित )
वीरगञ्ज २२ असोज
मुलुकको धाराशायी अर्थतन्त्र उकास्न हरेक विकल्पमा लागी परेको भन्ने नेतृत्ववर्गको भाषन व्यापक रुपमै सुनिने गरिन्छ भने दिन–दिनै विभिन्न निति निर्देशन पनि जारी हुने गरेको पाइन्छ ।
तर भाषन गर्नेले मञ्चमा बोलेका कुरा त्यही छाडेर आउने गरेको अनुभुती सिमा क्षेत्रका दृष्य देखे पछि हुने गरेको छ ।
एका तिर अर्थतन्त्र सुधारका कुरा मात्र होइन योजना सहित निति निर्देशन पनि जारी गर्ने सरकारले सिमा क्षेत्रबाट करोडौं/अबौं रुपैया राजश्व चुहावट हुने गरी भइरहेको चोरी निकासी पैठारी (तस्करी) नियन्त्रण तर्फ भने मौन देखिएका छन ।
बेला–बेलामा यी नै मुलुकका नेतृत्वकर्ताहरुकै संरक्षणमा चोरी निकासी पैठारी हुने गरेको पनि समाचारहरु बाहिरिदै आएको छ ।
यसै क्रममा मुलुकको राष्ट्रिय राजश्वमा झण्डै ५० प्रतिशत योगदान गर्दै आएको वीरगंज भन्सार कार्यालयको राजश्व संकलन क्रमशः घट्दै गएको तथ्यांक उपलब्ध भएको छ ।
चालु आ.ब.को पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने साउनमा लक्ष्य भन्दा २४ र भदौमा ३५ प्रतिशतले राजश्व संकलनमा कमी आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
वीरगंज भन्सारले राजश्व संकलनमा कमी हुनुलाई इन्धन र सवारी साधनको आयात घट्नुलाई कारण देखाए पनि त्यसबाट १०/११ प्रतिशत मात्र राजश्व संकलनमा कमी आएको पनि भन्सार कै तथ्यांकले देखाउछ ।
बांकी राजश्व कसरी कम असुली भएको भन्ने जवाफ भने कसैले दिदैन र दैनिक रुपमा सिमा क्षेत्रबाट अवैध रुपले भित्रिने गरेको समाग्रीहरु भित्रि नेपालबाट विभिन्न निकायले नियन्त्रणमा लिनुले अवैध चोरी पैठारी (तस्करी) भइरहेको स्पष्ट हुन्छ ।
त्यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा प्रमुख दायित्व बोकेर परिचालित सशस्त्र प्रहरी बलका इकाइ एवं त्यसमा कार्यरत सुरक्षाकर्मीलाई कारवाही हुनु पर्ने अर्थविदहरुको तर्क छ ।
पछिल्लो समय पर्सा र बारा जिल्लाका सिमानाकाको अवस्था हेर्ने हो भने तस्करकै कब्जामा रहेको देखिन्छ ।
सिमा क्षेत्रमा सम्भवतः प्रत्येक एक किलो मिटरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विभिन्न पोष्टहरु स्थापना रहेको पाइन्छ । त्यती पोष्ट र सुरक्षाकर्मीको उपस्थितीमा उनीहरुले सकृयता एवं इमान्दारिता प्रस्तुत गरे राजश्व चुहावट गरी एक थान सियो पनि भित्रिन नसक्ने अवस्था रहेको जानकारहरु बताउछन ।
तर सियोको कुरा त के गरौं, यहाँ त हुलका हुल चौपाया, साइकल/मोटरसाईकल र पिकअप गाडीका साथै ट्रक नै अवैध मालसामान सहित भारतबाट नेपाल भिक्रिने गरेको कैयौं घटना त्रमले पुष्टि गरिसकेको भए पनि त्यसमा राज्य संयन्त्रले छानविन तथा अनुसन्धान गरी आवस्यक कारवाही गर्नुको साटो प्रोत्साहन गरेकै कारण अहिले सिमा क्षेत्र तस्करको कब्जामा पुगेको छ । जस कारणले पनि मुलुकको अर्थतन्त्र धाराशायी बन्न पुगेको एक व्यवसायी बताउछन ।
पछिल्लो समय पर्सा जिल्ला सदरमुकाम वीरगंज कै सिमानाकाहरुका साथै ग्रामिन भेगका नाकाहरुबाट निर्विवाद रुपमा काजु, किसमिस एवं नेपालमा प्रतिबन्धित रेडबुल, कपडा, मोटर पार्टस, हार्डवेयर लगायतका समाग्रीहरु भित्रिने गरेको प्रत्यक्ष रुपमै देखिने गरेको छ ।
यसै क्रममा प्राप्त समाचार अनुसार वीरगंज महानगर वडा नं. १ बजार छपकैया र वडा नं. १७ स्थित सिर्सियाका सिमानाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका इकाई प्रमुखहरुको संरक्षण मै भारतीय तस्करलाई उन्नत जातका जर्सि गाई र रम्भु, मंजु र जितेन्द्रले काजु, किसमिस, छोहडा, कपडा, मोटर पार्टस, हार्डवेयर लगायतका समाग्रीहरु अवैध रुपले निर्विवाद भित्रियाउने गरेका छन ।
वीरगञ्ज भन्सार कार्यालय को गेट बाटै र बारा जिल्ला विश्रामपुर गाउपालिका अन्तरगतका बलरामपुर नाकाबाट असोक, सत्रुधन र राजकुमार लगायतका तस्करहरुले निर्विवाद रुपले दैनिक करोडौं मुल्य बराबरको काजु, किसमिस, छोहडा, कपडा, मोटर पार्टस, हार्डवेयर लगायतका समाग्रीहरु अवैध रुपले भित्रियाउने गरेको प्रत्यक्षदर्सीहरु बताउछन ।
यसरी नै पर्सा जिल्लाका ग्रामिन भेगका नाकाहरु धोरे, अमरपट्टि, अलौ, भिष्वा, जानकीटोला र ठोरीका सिमानाका तस्करकै कब्जामा रहेको जस्तै निर्विवाद अवैध चोरी पैठारी हुने गरेको प्रत्यक्षदर्सीहरु बताउछन ।
त्यस्तै बारा जिल्लाका बरैनिया, मटिअर्वा, सिमरौणगढ, बेलदारी, मुसहर्वा लगायतका नाकाबाट पनि सोही अनुरुप अवैध रुपले दैनिक करोडौं मुल्य बराबरको मालसामानहरु भित्रिनेगरेको पाइन्छ ।