Publi Readers
All about truth & reality in surrounding & in universe.

शसस्त्र प्रहरी र नेपाल प्रहरी को सहयोग मा सिर्सिया र छपकैया नाका बाट तस्करी को लाईन खुल्यो

12

वीरगंज १९ असोज

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक सिमा प्रहरी चैकि मिलाएर  गाई  रंगा भैसी, कुखुरा को  चल्ला र काजु, कपडा को लाईन खोलिएको छ।

बिओपी सिर्सियामा आएका सशस्त्र प्रहरी निरीक्षक र सिमा प्रहरी चैकि छपकैया लाई प्रभावित पारेर सो क्षेत्रबाट दैनिक ठूलो संख्यामा   गाई  , भैसी , कपडा र काजु को तस्करी भैइ रहेको स्थानीयहरू बताउँछन्।

भारतीय सीमा क्षेत्र हुँदै वीरगंजको छपकैया, भकुवा नाका हुँदै भारतीय जर्सी गाई, भैसि हरू नेपाल भित्र्याउने गरेका तस्करहरू बाट नेपाल र सशस्त्र प्रहरीलाई प्रति गाई र भैसी बाट मोटो रकम  लिने गरेका छन्।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको आगमनसँगै तस्करहरूले दैनिक करोडौंको राजश्व चुहावट हुनेगरी लत्ता कपडा, काजु, किसमिस, बदाम, हार्डवेयर एवं प्रतिबन्धित रेडबुल भित्र्याइरहेका छन् ।

सदरमुकाम वीरगंजबाटै हाकाहाकी रुपमा प्रहरी प्रशासनको सहयोगमै जर्सी गाई र भैसी को तस्करी हुनु र काजु र कपडाजस्ता बढी राजश्व असुली हुने सामग्री भन्सार राजश्व छलि गरेर भित्र्याउन तस्करले सहजता पाएपछि मुलुकको अथतन्त्र उकास्ने सरकारी नीतिमा कुठाराघात भएको प्रमाणित हुन्छ ।

सीमा क्षेत्रबाट हुने अवैध गतिविधि, चोरी तस्करी तथा ओसारपसारको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षकले नै तस्करीको लाईन  दिनहुँ  २५ देखि ३० वटा सम्म जर्सी गाई र भैसी तस्करी गरी ल्याउने गरेका छन् ।

त्यसैगरी काजु र रेडबुलको तस्करी गर्ने लाईन पशुपतिले पाएका छन् । पशुपतिले दैनिक भारी परिमाणमा सिर्सिया, छपकैया र ड्राइपोर्ट नाका भएर काजु, किसमिस एवं नेपालमा प्रतिबन्धित रेडबुल नेपाल भित्र्याएर नेपाल सरकारको राजश्व मात्र चुहावट गरेका छैनन् । उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हानिकारक रेडबुल समेत भित्र्याउने गरेका छन् ।

सीमा क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रणमा पर्सा स्थित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तदारूकता नदेखाउँदा पर्सा नाकाबाट छुटेर गएका सामान बारा, मकवानपुर, धादिङ, काठमाण्डौलगायतमा बरामद हुन थाल्नुले पनि पर्सा जिल्ला यतिखेर तस्करहरूको लागि सहज जिल्लाको रुपमा स्थापित भएको प्रमाणित भएको छ।

Leave A Reply

Your email address will not be published.