वीरगञ्ज बजार भित्र संचालित विभिन्न होटल हरुको अनुगमन
वीरगञ्ज बजार भित्र संचालित विभिन्न होटल हरुको आज अनुमान गरिएको उपभोक्ता खाद तथा गुणस्तर कार्यालय का प्रमुख बिकी राउत ले बताएका छन्।
चाडपर्व को बेला हुने गरेको गरेको कालोबजारी तथा तथा गुन्तरहिन समान को बिक्री बितरण लाई मध्यनजर गर्दै बजार अनुगमन सुरु गरेको प्रमुख राउत ले बताएका छन्।
अनुगमन का क्रममा आज विभिन्न पसल तथा होटेलहरु मा मायद गुज्रिएका सामानहरू लाई नियन्त्रण मा लिएर नष्ट गरिएको राउत ले बताए ।
आदर्शनगर मा रहेको माल्ट रेस्टुरेन्ट मा अखाद्य वस्तु भेटिए पछि २५०० जरिवाना गरिएको छ । त्यस्तै आदर्श नगर मा रहेकाे चिकेन स्टेसन , होटेल अन एलएभएन , होटेल पुजन , होटेल कन्ट्रि इन लगायत होटेलहरु लाई अनुगमन को क्रममा विभिन्न त्रुटी देखिएको कारण ले गर्दा जरिवाना गर्नुका साथै अब देखि अखाद्य बस्तु बिक्री बितरण गरेको पाइएमा आउने दिनमा कडा कारवाही गर्ने चेतावनी दिइएको राउत ले बताएका छन्
उपभोक्ता खाद्य तथा गुनसतर कार्यालय वीरगञ्ज का प्रमुख बिकी राउत, महानगरपालिका कार्यपालिका शाखा प्रमुख बिपिन लाल दास, गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि आनन्द गुप्ता,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव, घरेलु सरिता खडका, उद्योग वाणिज्य संघ का मनोज दास लगाएत को उपस्थित रहेको थियो।