Publi Readers
All about truth & reality in surrounding & in universe.

प्रहरी चैकि अगाडि बाट चोरी, प्रहरी मस्त निद्रामा

14

वीरगञ्ज १३ असोज

पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्कर सँग असुली धन्दा मा व्यस्त भए पछि चोरी तस्करी मेलाको छ ।

२४ घन्टा प्रहरी डिउटी रहने घन्टाघर गए रति त्यही चोरी भएको छ। वीरगन्जको घण्टाघर वरिपरि जडान गरिएको बत्ति चोरी / तोडफोड गर्नुका साथै अनिल लज छेउमा रहेको पत्रिका पसल मा समेत चोरी भएको छ ।

महानगरले रङ्गरोगन गरी स्थायी रुपमा बत्ति जडान गरेर आकर्षक बनाइएको घण्टाघरकै बत्ति चोरी भएपछि नगर प्रमुख राजेशमान सिंहले दुख व्यक्त गर्नुभएको छ । बत्ती चोरी भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेर उहाँले दुख व्यक्त गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘यसलाई के भन्ने ? म संग कसैको रिस छ म माथि उतार्ने हो ! बीरगंजको सौन्दर्य संग जुटेको कुरालाई तोडेर फ्याँक्नु कति सम्म उचित हो ?’ स्थायी रुपमा बत्ती जडान भएपछि रातको समयमा घण्टाघर उज्यालो र आकर्षक देखिन्थ्यो ।

रातमा पनि सेल्फी खिच्नेहरुको संख्या बढेको थियो । महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले सार्वजनिक सम्पत्तिमा सबैको अधिकार हुने र त्यसको संरक्षण गर्ने पनि सबैको दायित्य भएपनि बत्ती चोरी हुनु दुखद भएको बताउनुभयो ।

आम नागरिकमा सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्छ भन्ने मानसिकताको विकास नभएसम्म वीरगन्जको विकास हुन नसक्ने उहाँले बताउनुभयो । वीरगन्जको मुख्य सडक घण्टाघरमै जडान गरिएको बत्ती चोरी भएपछि सुरक्षा व्यावस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

घण्टाघरको करिब ५० मिटरको दूरीमा प्रहरी बिट भएपनि बार वरिपरी लगाईएको बत्ती चोरी हुनुले प्रहरीको सुरक्षामा गम्भीर लापरवाही भएको आम नागरिकको भनाई छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापासँग जानकारी लिँदा उहाँले बत्ती चोरी भएको विषयमा कुनैपनि जानकारी आफूलाई नआएको प्रतिक्रिया दिनुभयो ।

Leave A Reply

Your email address will not be published.