Publi Readers
All about truth & reality in surrounding & in universe.

पर्सा जिल्लामा र्टाइगर टोलीका अनिल साहि र रामशरण तस्कर संग पैसा असुलीमा व्यस्त

63

वीरगञ्ज १२ असोज

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टाईगर टोली पैसा असुलीमा व्यस्त देखिएका छन । चाडपर्व शुरु भए संगै सुरक्षाको लागि खटाइएका टाइगर टोलीका अनिल साहि र रामशरण तस्कर संग पैसा असुलीमा व्यस्त  देखिएका छन् ।

टाईगर टोलीका अनिल साह ,रामशरण लगायतको टोलीले तस्करलाई छुट्टै लाईन प्रदान गरी रकम असुलीमा व्यस्त भएका छन् । प्रहरीको संरक्षणमा दिन दहाडै खुलेयाम रुपमा तस्करी भएपनि पर्सा प्रहरी नियन्त्रण गर्न सकिरहेको छैन ।

प्रहरी हवलदार अनिल साहि र रामशरणले नेपाल र भारतका तस्करहरु संग मोटो नजराना उठाउने गरेको र त्यसवापत उनीहरुले ग्रीन सिंग्नल दिने गरेको बुझिाएको छ । नेपाल र भारत दुबै देशका तस्करहरुले खुल्याम तस्करी गरिरहेका छन । भारतीय तस्करहरुले सिमा नाकामा रहेको चौकी र तैनाथ प्रहरीहरुलाई मोटो रकम दिई खुलेआम भारतबाट भारतीय समानहरु नेपाल भित्र्याउन सफल भैइरहेका छन् ।

जिल्ला प्रहरी कार्यलय पर्साले तस्करीका समान ओसारपसारमा कडाइ गरेको दावी गरेपनि सिमानाकामा तैनाथ प्रहरी र टाइगर टोलीको संरक्षणमा तस्करी मौलाएको छ । वीरगंजका एक ब्यापारीले प्रहरीकै मिलोमतोमा आफुहरुको सामान सुरक्षित रुपमा पसल सम्म आउने गरेको नाम न छाप्ने शर्तमा ति व्यपारीले बताए । उनले वीरगंजको मुख्य नाका र सहायक नाकाबाट साइकल,ईरिक्सा,टेम्पोमा आफुहरुको माल समान आउने गरेको र त्यसबापत प्रहरीले मासिक रुपमा रकम उठाउने गरेको बताए । यसरी सामान ओसारपसारमा संलग्न प्रत्येक व्यक्ति संग प्रहरीले मासिक ५ देखी १५ हजार रुपैयाँ सम्म रकम असुल्ने गरेको श्रोतको दाबी छ । प्रहरीकै संरक्षणमा अहिले वीरगंजको मुख्य नाकाबाट चिनी, कपडा,भाँडाकाुँडा, खाद्यान्नहरू भन्सार छली आयात हुँदै आएको छ ।

 

Leave A Reply

Your email address will not be published.