Publi Readers
All about truth & reality in surrounding & in universe.

चाडपर्व नजकिए सँगै मुख्य नाका वीरगन्ज भन्सार तथा ग्रमाण नाका बाट पर्सा जिल्लामा तस्करी को लाईन संचालन मा ( फोटो फिचर सहित)

41

वीरगंज – चाडपर्व नजकिए सँगै मुख्य नाका वीरगन्ज भन्सार तथा ग्रमाण नाका बाट पर्सा जिल्लामा तस्करी को लाईन संचालन मा आएको छ ।

वीरगञ्ज भन्सार कार्यालय का गेटकि तथा सशस्त्र प्रहरी वीरगञ्ज भन्सार गुल्मा र वडा प्रहरी कार्यालय विर्ता क्षेत्र भित्र पर्ने इनर्वागाउँ, भन्सारनाका, छपकैया, श्रिसिया, भकुवा लगायतका नाकाबाट प्रहरी प्रसासन कैई मिलोमतोमा तस्करी मैलाएको छ।

पर्साको इनर्वागाउँ, भन्सारनाका, छपकैया, सृसिया, भकुवा लगायतका सिमानाकाबाट सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार गुल्मा र ईलाका प्रहरी चौकी इनर्वा को मिलोमतोमा

भारतीय सिमावर्ती बजार रक्सौलबाट भन्सार छली लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकूदलगायतका भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा र माछा लगायतका सामानहरु पिकअप भ्यान, इ-रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर दैनिक नेपाल भित्रयाउने काम गर्ने व्यापारीहरूलाई तस्करीको लाइन दिएर लाखौ लाख रकम उठाई रहेका छन ।     

भन्सार नाकाबाट मुख्तारले भारतबाट कपडा र नेपालबाट मदिरा रक्सीको तस्करी गर्न लाईन पाएका छन । छपकैया नाकाबाट कपडा तस्करी गर्न लाइन पाउने व्यापारीहरुमा हरेन्द्र पटेल र बबन छन्। पशुपति यादवले भारतबाट काजु र रेडबुलजस्ता सामानको तस्करी गर्न पाएका छन भने बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टसको तस्करी गरिरहेका छन् ।

छपकैया सिरिसिया छोटी भन्सार नाकामा भारतीय एसएसबीले छपकैया आउने मेन बाटोमा सीसीक्यामरा जडान गरे पनि तस्करहरुले पन्टोकाको पूर्व साइडको गोरेटो बाटो प्रयोग गर्दै भरिया लगाएर कपडाको पोका नदी पार गराइ छपकैया नयाँ बस्ती किनारमै इ–रिक्सा, टेम्पु र मोटरसाइकलमा लोड गरि बिरगञ्जको पसलहरुमा र ट्रान्सपोर्टमा पुर्याउँदै आएका छन् ।

प्रहरीको छेउबाटनै हरेन्द्र पटेल र बबन लगायतका समूहले भरिया लगाएर कपडा पार गराउछन् तर छपकैया चौकीका प्रहरी र सशस्त्र प्रहरी बिओपि श्रिसिया र ड्राइपोर्ट बाट खटिएका प्रहरि हरू त्यहाँ सीमानाका निगरानी, चोरी तस्करी र सिमानाकामा हुने अपराध रोक्नुको साटो झन स्कटिङ गर्ने काम गर्दै आएको नाम नखुलाउने सर्तमा छपकैयाका एक जना स्थानियले बताए ।

सीमानाकाबाट प्रहरीले सेटिङमा पास गराएको कपडा र हार्डवेयर लगायतका सरसामानहरु बिरगञ्जको विभिन्न स्थानमा जम्मा गरि थोरै माल सामानको राजस्व तिरी गोदाममा ल्याएर तस्करीका सरसामान मिसावट गरि बिल बिजक भन्दा दोब्बर सरसामान हालेर नेपालको विभिन्न शहरमा पठाउने गर्छन् ।

 

 

Leave A Reply

Your email address will not be published.