Publi Readers
All about truth & reality in surrounding & in universe.

नारायणी अस्पतालमा कमलेश सहनी र यातायात मा अखलेश सहनि को आतंक याथावत

24

वीरगज, ४ असोज

पर्सा निवासी जुडुवाभाई कमलेश सहनी तथा अखलेश सहनीको कारण पर्साका दुईवटा सरकारी कार्यालयमा अहिले आतंक श्रृजना भएको खबर छ ।

दुवै दाजुभाई नेपाल सरकार अन्तर्गतको कार्यालय पर्सामा कार्यरत रहेका छन ।

अकलेश सहनी लेखापाल हुन उनी अहिले नारायणी अस्पतालमा कार्यरत छन । सहनीको कारण नारायणी अस्पतालमा अहिले पुरै दुर्गन्ध फैलिएको छ । अकलेश सहनीको कारण सो अस्पतलमा कार्यरत कर्मचारीहरु दुई गुटमा बिभाजीत भएका छन । गत आर्थीक बर्षमा समान नकिन्नी बिल बनाई, स्टाेर दाखिला नगरी भुक्तानी दिएको घटना बाहिरएपछि कर्मचारीहरु आफैमा असन्तुष्टि व्यक्त गर्न थालेका छन ।

सहनीले वीरगजको एक पसलबाट १० लाख बराबरको सर्जिकल आईटम,फिर्निचर तथा मेडिसिन खरिद गरेको बिल भुक्तानी दिएको बुझिएको छ । सहनीले भुक्तानी दिएको समानहरु अहिले खोजि भई रहदा स्टोरमा छैन । कसलाई खरिद गरेको समान बुझाएको भरपाई पनि छैन ।

केही दिन अगाडी गाईनोवार्डमा रातीको समयमा मदिरा सेवन गरि जादा पिडीत नर्सहरुले अस्पताल प्रशासनलाई कारवाहीको माग गरिदै निबेदन दर्ता गराएपछि सहनी अहिले सम्पर्क बाहिर छन । उनी बिरुध्द समितीले प्रतिवेदन बनाई कारावहीको सिफारीस समेत गरी सकेको अवस्था पागल भएका सहनीले केही कर्मचारीहरुलाई बदनाम गर्न खोजेका छन् ।

 गाउमा खेत समेत नभएको सहनीले अहिले नोकरीको ५ बर्षको अवधीमा २० करोड कमाएको उनको गाउले बताएका छन । दुवै दाजु भाई मिलेर वीरगजको रामगढवामा दुईवटा अलिसान घर बनाएका छन । कम समयमा करोडपति बन्ने अकलेश सहनीका भाइ यतायात कार्यालयमा आतंक मचाएका छन । उनको कारण यतायात कार्यालयमा केही दिन अगाडी मात्र कुटपिठ भएको थियो । नक्कली लाईसेन्समा बनाउमा आफुले ५० प्रतिशत हकदार चाहिन्छ भन्ने पछि महिला अधिकृतले सहनी बिरुध रोक लगाएपछि गुण्डा बोलाई कुटपिट गर्न लगाएको स्रोतले बताएका छन उनीहरु बिरुध जिल्ला प्रहरी कार्यलयमा अहिले मुदा दर्ता भए­को छ ।

Leave A Reply

Your email address will not be published.