Publi Readers
All about truth & reality in surrounding & in universe.

प्रेस चौतारीको बैठक सम्पन्न , अधिवेसन असोज १२ गते हुने, महासचिवको बिज्ञप्ती प्रति आपत्ती प्रकट

15

भाद्र ३० पर्सा ।

प्रेस चौतारी नेपालको आजको बैठकले असोज १२ गते छैठौ अधिवेशन गर्ने निर्णय गरेको छ । शाखा उपाध्यक्ष तुल्सी भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीको अधिवेशन नेपाल पत्रकार महासंघको सभा हालमा गर्ने निर्णय भएको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।

बैठकले मदेश प्रदेश का महासचिवले जारी गरेको बिज्ञप्ती प्रति ध्यानाकर्षण भएको ठहर गरेको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने कार्यको यस अघि स्वागत गरिसकेको अवस्थामा प्रदेशका महासचिवले प्रदेशको अन्य पदाधिकारीहरु संग समन्वय नै नगरी जिम्मेवार तरिकाबाट निकालेको बिज्ञप्तीबाट आफनो गम्भीर ध्यानाकर्षण भएको तथा आपती प्रकट गरेको छ । साथै सो निर्णय सच्याउनका लागि मदेश प्रदेश कमिटीलाई अनुरोध पनि गरेको छ । आजको बैठकले शाखा उपाध्यक्ष तुल्सी भण्डारीको संयोजकत्वमा तयारी समिति पनि गठन गरेको छ । तयारी समितिको सदस्यमा कविता खडका, राजेन्द्र सिंह, संतोष पटेल, मोहमद सदाब, राकेश साह, पन्नालाल साह,राजन रौनियार,राजन कुमार सिंह,कृष्ण कुशवाहा,एस.के चौरसिया,नितेश कर्ण, प्रकास तिवारी रहेको छन ।

बैठकमा प्रेस चौतारीका मदेश प्रदेश ईन्चार्ज कमल उपाध्याय,जिल्ला ईन्चार्ज शत्रुधन नेपाल, केन्द्रिय पाराषद अनुप तिवारी, सुष्मा शर्मा,मदेश सचिव ग्यासु मिया देवान, सदस्य आशिक अंसारी, श्याम कुशवाहा, चौतारी पर्साका पुर्व सचिव संजिव मिश्र, सदस्य तिवारी यादवको सहभागी रहेको थियो भने प्रेस चौतारी नेपालका पदाधिकारीको भारी मात्रमा उपस्थिति रहेको सचिव राजेन्द्र सिहले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.