Publi Readers
All about truth & reality in surrounding & in universe.

भारत बाट अबैध रुपमा आयात गरेर भण्डार गरेको ठुलो मात्रामा काजु सशस्त्र प्रहरी बल द्वारा बरामाद

19

वीरगञ्ज २५ भदौ

भारत बाट अबैध रुपमा आयात गरेर भण्डार गरेको ठुलो मात्रामा काजु सशस्त्र प्रहरी बल  १३ नम्बर गणले बरामाद गरेको छ।

विशेष सूचनाको आधारमा १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको कमान्डमा खटेको टोलीले मगनी राउतको घरमा रहेको गोदाममा छापामारी गरेर ८ सय किलोग्राम काजु बरामद गरिएको जनाएको छ ।

राउतको घरमा रहेको गोदाममा लुकाई छिपाई राखिएको अवस्थामा काजु बरामद गरिएको डिएसपी सिंहले यात्रा डेलीलाई जानकारी दिए । बरामद काजुको अनुमानित मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।

बरामद गरिएको काजु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सिंहले बताए । काजु धनीको विषयमा अनुसन्धान चलिरहेको उनको भनाई छ ।

 

Leave A Reply

Your email address will not be published.