Publi Readers
All about truth & reality in surrounding & in universe.

हेटौंडामा बदनामी कमाएका विद्युतका प्रमुख अशेश्वर साहको रोल्पामा पनि सुध्रिएन चाला

20

काठमाडौ । नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रको प्रमुख अशेश्वर साह ठूला ग्राहकहरु सित हाकाहाकी घुस माग्ने गरेको उघोगपती व्यवसायीहरूले आरोप लगाएका छन् ।नेपाल विद्युत प्राधिकरण हेटौंडामा कार्यरत रहँदा सेवाग्राहीलाई अनेक बहानामा दुख दिने, नजराना माग्ने गरेको गुनासो सेवाग्राहीले निरन्तर गरेपछी प्राधिकरणले रोल्पामा सरुवा गरेको थियो । हेटौंडामा कार्यरत रहेकै वेला उघोगीहरु सित नजराना असुल गरि मोजमस्ती गर्न भारतको पर्यटकीय क्षेत्र गोवा गएका थिए । भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गर्न पल्किएका साह रोल्पामा सरुवा भएर आएदेखी लिवाङमा पनि स्थानीय सेवाग्राहीलाई दुख दिने गरेका छन् ।
विद्युत प्राधिकरणको नेतृत्वमा इमान्दार कुलमान घिसिङ रहेपनी उनैको नाकमुनी नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रको प्रमुख अशेश्वर साह भ्रष्टाचार गर्न पल्किएका छन् । जहाँ सरुवा भएर गयो त्यही आफ्नो रवाफ देखाउदै सेवाग्राहीहरु सित दुर्व्यवहार गर्न सम्म पछि पर्दैनन् । राजनैतिक पहुच रहेकोले  प्राधिकरणको कसैले केही विगार्न नसक्ने सेवाग्राहीलाई साहले हाकाहाकी बताउने गर्छन् ‘ बढीमा सरुवा गर्ने हो त्यो भन्दा बढी कसैले केहि गर्न नसक्ने सेवाग्राहीलाई साह बताउने गर्छ्न। जनताको प्रत्यक्ष सेवा दिने कार्यालयमा रहेर कार्यालय संचालन गर्न सक्ने क्षमता साहमा नरहेको लिवाङका एक बुद्धिजीवी बताउन्छन ।

Leave A Reply

Your email address will not be published.