Publi Readers
All about truth & reality in surrounding & in universe.

भ्रस्टाचारीको आरोप लागेका कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साहलाई गृहमन्त्री श्रेष्ठले गराए पार्टी प्रवेश

23

 

वीरगञ्ज १२ भदौ

मधेश प्रदेशको करोडौं बजेट हिना मिना गरेको आरोप लागेका जय महावीर कृषि सहकारी संघका अध्यक्ष एवम जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साह नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रवेश गरेका छन । जिल्ला प्रशासन कार्यलय पर्साको नयाँ भवनको उद्घाटन गर्न बिरगंज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठले नेकपा माओवादी पर्सा द्वारा टाउन हलमा गरिएको पार्टी प्रवेश कार्यक्रममा शिव कुमार साहलाई पार्टी प्रवेश गराएका हुन ।

शिवकुमार साह विवादित ब्यक्ती भएको तथा प्रदेश सरकार एवं कृषि मन्त्रालयबाट पछिल्ला ५ वर्षमा करोडौंको योजना ल्याएर कागजी प्रकृयामा बिल तयार पारेर अनियमितता गरेको आरोप लाग्ने गरेको छ । उनले चलाएको जय महावीर कृषि सहकारी संस्था लिमिटेडको नाममा प्रदेश तथा विभिन्न सहकारी संस्थाको नाममा प्रदेश सरकारले उपलब्ध गराएको करोडौंको बजेट उनले हिना मिना गरेको आरोप लागेको छ । करोडौंको बजेट कागजी प्रक्रियामा मात्र देखाएर उनले जनताले तिरेको करमा भ्रष्टाचार गरेका आरोप लाग्ने गरेको छ।

बजारमा सेड निर्माणको लागि आएको बजेट उनले बजार निर्माण गर्नुको सट्टा ब्यक्तीगत हिसाबले आफ्नो आसेपासे को घर निर्माण,बोर्डिङ स्कुल को निर्माण लगायत सतवरियामा,सण्ठी स्कूलमा, सखुवा प्रसौनी–१ मधुवन मथवलमा,वडा नं.६ लखनपुर स्थित मन्दिरमा, एवं एकटांगास्थित बोर्डिङ स्कूलमा गरि एक करोड भन्दा बढीको कृषि अनुदानको बजेट हिनामिना गरेको तथा उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा समेत उजुरी परेको छ ।

शिव कुमार साह शुरु देखि नै चलाक किसिमका व्यक्ति रहेको तथा यिनी शुरुमा विभिन्न पार्टी जस्तै राष्ट्रवादी संगठनमा लागेको त्यसपछि राजेन्द्र महोतो को पार्टी हुदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । शिव कुमार साह विरुद्ध अख्तियार अनुसन्धान आयोगको कार्यलय हेटौंडाले छानबिन गर्ने डरले बच्नका लागि उनी यतिखेर माओवादी पार्टीमा प्रवेश गरेको चारै तिर चर्चा हुन ठालेको छ।

शिवकुमार साह जस्ता भ्रष्टाचारीलाई व पार्टीभित्र प्रवेश गराएर को प्रति नेकपा माओवादी का केही नेताहरु ले असन्तुष्ट व्यक्त गरेका छन । अहिले पार्टीको चरित्र खराब हुने गरि विवादित ब्यक्ती लाई पार्टी प्रवेश गराउनु भनेको अहिले माओवादी सरकार ले लिएको शन्यू भ्रष्टाचारी को नितिमा असर पर्ने माओवादी कार्यकर्ताहरु ले बताएका छन ।

हेटौंडा स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयका अनुसार शिव कुमार साह को सहकारी विरुद्ध दुई वटा उजुरी परेको र अनुसन्धान तथा छानबिनकै प्रकृयामा रहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.