Publi Readers
All about truth & reality in surrounding & in universe.

सशस्त्र प्रहरी कैई मिलोमतोमा पर्सा जिल्लाको बिभिन्न नाका हुदै प्रतिबन्धित पिए पदार्थ नेपाल भित्रिदै

50

बीरगंज ३० साउन।
सीमा नाकाबाट बढ्दै गएको तस्करीको लाइन न्यूनीकरण गर्न जिम्मा पाएका सशस्त्र प्रहरी, भन्सार कर्मचारी हरूले आर्थिक प्रलोभनमा पर्न थालेपछि चोरी तस्करी न्यूनीकरण हुनुको साट्टो बढ्दै गएको आकलन गर्न थालिएको छ ।

नेपालको प्रमुख नाका मानिने बिरगंज भन्सार क्षेत्रमा निगरानी बढाएपनि जिल्लाको ग्रामिण क्षेत्रहरूबाट खुल्याम अवैध रकम असुल गरी चोरी तस्करीको लाइन चलिरहेको स्रोतले बताएको छ।


नेपाल सरकार ले प्रतिबन्ध गरिएको भारतीय ब्रान्ड का पिय पदार्थ वीरगञ्ज को बिभिन्न नाका हुदै भित्रिरहेको छ भने नेपाल बाट लोकल तथा बिभिन्न बिन्ड का रक्सी भारत तर्फ निर्यात भइरहेको स्रोत ले बताएको छ। वीरगञ्ज बजार पनि प्रतिबन्धित पिए पदार्थ पाई रहदा यो कुरा को पुष्टी गरेको छ।

त्यस्तै भारत बाट पर्सा जिल्लाको ग्रामीण नाका हुदै कपडा, फलफुल, हाडवेयर आदी कुरा को खुल्याम तस्करी भैरहेको देख्न सकिनेछ।


पर्सा जिल्लाको श्रीसिया, अमरपट्टी, धोरे, भिस्वा, आसवारी जानकिटोला स्वर्णपुर नाकाहरूबाट सशस्त्र प्रहरी ले अबैध रकम असुल गरी तस्करी धन्दालाइ बढावा दिएको स्रोतको दाबी रहेको छ।

तस्करी भएर आएका प्रतिबन्धित पिए पदार्थ वीरगञ्ज महानगरपालिका भित्र खुलियाम बिक्री वितरण भैइ रहदा समेत उपमेयर ईनतियाज आलम को संयोजक मा रहेको बजार अनुगमन समिति बेखबर रहेको देखिन्छन् ।

Leave A Reply

Your email address will not be published.