वीरगञ्ज महानगरपालिका वडा नं १ को बजेट यस वर्ष बिनियोजन हुन सकेन
वीरगञ्ज –
जनप्रतिनिधि हरूको विबाद ले गर्दा वीरगञ्ज महानगरपालिका वडा नं १ को बजेट यस वर्ष बिनियोजन हुन सकेको छैन। बिरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मीले बाड को बजेट पास नहुनुको मुख्य कारण वडा सदस्य रहेको बताए छन् ।
आर्थिक वर्ष २०८०/०८१ को लाई बिरगंज महानगरपालिका ले वडा नं १ को लागि ६६ लाख बजेट माग गर्न बजेट विनियोजन गरेको छ । सो बजेट को लागि योजनाहरु छनोट गर्न महानगर ले साउन ३१ गते सम्म को समय सिमा दिएको कारण ले गर्दा आफुले सम्पूर्ण जनप्रतिनिधिहरु लाई वडा को बिकास को लागि आफ्नो क्षेत्र को योजना छनोट गर्न आग्रह गरेको बताए । छनोट भएका योजनाहरु लाई बजेट मा समाबेश गराइ हस्ताक्षर गराउन लगाउदा वडा सदस्यहरु ले हस्ताक्षर नगरेको उनले आरोप लगाएका छन ।
बिना बहुमत सदस्यहरु को हस्ताक्षर ले बजेट पास हुन नसके वडा वडा अध्यक्ष कुर्मी ले बताए ।
यस आर्थिक वर्षमा वाड को योजना सुनाउदै भने अहिले वडा मा सबभन्दा बडि समस्या पानी को रहेको र यसलाइ समाधान गर्न वडा को सम्पुर्ण बजेट यस्मा खर्चिनु परे आफू पछडी नहट्ने समेत बताए । तस्तै उनले वडा को बिकाश को लागि लोकप्रीय योजनाहरु जस्तै वाइफाइ फ्री जोन , गरिब का बच्चाहरु को लागि फ्री लोक सेवा कक्षा संचालन , धार्मिक पुजापाठ का लागि बजेट लगायत अरु योजनाहरु रहेको बताएका छन् ।
नगर सभा भन्दा पहिला पटक पटक योजना बनाएर पठाउन आग्रह गरे पनि योजना नपाठाएको र पानी को हाहाकार को बेला वाड अध्यक्षले योजना छनोट गरेको वाड सदस्यरूले आरोप लगाएका छन् । महानगरपालिकाको बजेट विनियोजन पुस्तिका प्रकाशन भैइ सके पछि अध्यक्ष ले बजेट विनियोजन गरेको र महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल सग सोध्दा योजना राखन नमिल्ने भने पछि आफुहरु सहि नगरेको वडा सदस्य हरूले बताएका छन्।