Publi Readers
All about truth & reality in surrounding & in universe.

सर्लाही र रौतहट को सिमाना छुट्याउने बागमती नदीको जलसतह उच्च विन्दुमा

16

वीरगञ्ज

सर्लाही र रौतहट को सिमाना छुट्याउने बागमती नदीको जलसतह उच्च विन्दुमा पुगेको छ।

देशभरका केही स्थानमा भारी वर्षा भएको करन नदी हरुको जलस्तर बढेको छ। वर्षाका कारण जलसतह बढेकाले बाढीको जोखिम पनि बढेको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस्तै, बागमतीको पधेरादोभान कर्मैया (सर्लाही) जलमापन केन्द्रमा जलसतह खतराको तह पार गरेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले जनाएको छ।

पछिल्लो ६ घण्टामा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भएको छ र थप हुने देखिएको छ। कोखाजोर खोला, मरिन खोला र आसपासका स-साना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.