नारायणी अस्पतालको गाईनोवार्डमा पुगी नर्समाथी दुर्व्यवहार गरेको घटना सार्वजनिक
वीरगज,२२ साउन
नारायणी अस्पताल प्रशासन फाटका जिमेबार कर्मचारीले ग्याईनोवार्डमा राती ११ बजे पुगेर देखाएको व्यवहारले अहिले सिगो अस्पताललाई अमर्यादित बनाएको घटना बाहिरएको छ ।
अस्पतालका लेखापाल अखलेश सहनीले बिहीबार राती अफना ५/७ जना साथीहरुसंग गाईनोवार्डमा पुगी नर्समाथी देखाएको दुव्यवहारको कारण अहिले सो अस्पताल आफैमा लज्जित हुन पुगेको छ । हुन त सो समयमा कार्यरत २२ जना महिला कर्मचारीहरुले उनी विरुद भोली पल्ट शुक्रबार नै उनीहरुमाथी कारवाहीको माग गर्दई अस्पतालमा पुगी उजुरी गरि सकेका छन ।
प्रत्यक्षदर्शीका अनुसार रक्सीको नसामा धुत भई सहनीले अस्पताल कर्मचारी तथा कुरुवालाई देखाएको रोवाब ती राती बेग्लै थियो । उनी मातिएर जथाभावी बोल्दै गाईनो वार्डमा प्रवेश गर्दा सुरक्षा गार्डले रोक्ने कुरै भएन । किनकी सहनीले सोही अस्पतालका लेखा कर्मचारी हुन । सहनीले दिएको पैसााबाट अन्य कर्मचारीहरु तलव खान्छ । साथीसंग अवेर राती अस्पतालको गाईनो वार्डमा पुगे सहनी लगाएत अन्य उनका साथीहरुले नर्सहरुले खल्तीमा राखेका खाजाहरु समेत खोसेर खाएका थिए एवम् नर्सका अनुसार उनीहरुले देखाएको व्यवहार अमानवीयसगै लाजमर्दो थिए । गाईनो वार्डमा पुरुषलाई पस्न मनाही छ। बिरामीको महिला कुरुवा बाहेक कोही भित्र जादैनन तर उनीहरुले शक्तिको वलमा प्रबेश गरि हामीहरु काम गर्ने गोप्य कोठामा पुगी उनीहरुले बोलेका कुरा तथा गरेको व्यवहारले बिरामी लगाएत अन्य कन्सलटेन्ट डाक्रटरहरु रिसाएर काम छोडी हिडेपनि झन अफटयाारो भएको थियो । अखलेश सहनीलाई अस्पताल प्रशासनले अनुशासनको कारवाही सुरु गरी सकेको छ । सहनीले आज प्रशासनले सोधीएको स्पटिकरणको जवाफ आज दिएको समाचार स्रोतले जनाएको छ ।