Publi Readers
All about truth & reality in surrounding & in universe.

माइस्थान मन्दिर सौन्दर्यकरण विगारेको खानेपानी संस्थानलाई तत्काल मर्मत गर्न मेयर सिंहको निर्देशन  हतारमा काम गर्दा कमजोरी भयो, माइस्थान मन्दिर परिसर मर्मत गर्छौँ ः खानेपानी संस्थान

8

वीरगञ्ज, ११ साउन

वीरगञ्जको माइस्थान मन्दिर परिसरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानले तत्काल मर्मत गरिदिने भएको छ ।

महानगरका मेयर राजेशमान सिंह बिहीबार बिहान आफैँ मन्दिर परिसरको अवलोकन गर्दै विग्रिएका संरचना तत्काल मर्मत गरिदिन खानेपानी संस्थानलाई निर्देशन दिनुभएको हो ।

खानेपानी संस्थानले पानीको पाइप विस्तार गर्ने क्रममा मन्दिर परिसरमा सौन्दर्यकरणका लागि लगाएको पेभर्स निकालेर जथाभावी राखिदिएको थियो ।

मन्दिर सौन्दर्यकरणका लागि आफूहरु लागि परेको भन्दै मेयर सिंहले खानेपानी संस्थानले महानगरसँग समन्वय नै नगरी खनिदिँदा सौन्दर्यकरण विग्रिएको बताउनुभयो । संस्थानले पाइप लाइन विस्तारको काम गर्दा महानगरसँग समन्वय गरेर मात्रै गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

पानीको हाहाकार भएका बेला हतारमा काम गर्दा कमजोरी भएको स्वीकार्दै संस्थानका प्रमुख निरण श्रेष्ठले मर्मतको काम तत्काल गरिदिने प्रतिबद्धता जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.