Publi Readers
All about truth & reality in surrounding & in universe.

आई.भि.एफ मार्फत २५वर्षपछि एक दम्पत्तीलाई संतान प्राप्ती,मधेश प्रदेश मै सुर्या हस्पिटलको ठुलो उपलब्धि 

5

श्रावण १०, वीरगञ्ज ।

निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आई रहेको सुर्या हस्पिटल वीरगञ्जले आई.भि.एफ मार्फत एक शिशुको जन्म गराएको छ । भारतमा दुई पटक सम्म फेल भएको तर ९ महिना देखि बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डाक्टर मोनिका यादव सिंहको निगरानीमा उपचार सेवामा रहेका एक दम्पत्तीले २५ वर्षपछि संतान पाएका छन । निकै खुशि रहेका दम्पत्तीको अन्दाजन उमेर ४० वर्ष रहेको छ । शिशु निकै स्वस्थ्य रहेको बुधबार पत्रकार सम्मेलन मार्फत हस्पिटलको अध्यक्ष डा. मोनिका सिंहले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा डाक्टर सरोज सिंह, सचिदानन्द सिंह लगायत बरिष्ठ पत्रकार महेश दास, पत्रकार महासंघका पर्सा अध्यक्ष अनुप तिवारीलगायतको सहभागीता रहेको थियो ।

 

सुर्या हस्पिटलले यस भेगका स्थानिय सहित बारा, रौतहट लगायत मधेश प्रदेशका सर्वसाधारणलाई सेवा प्रदान गरि रहेको छ भने यस बाहेक काठमाण्डौ लगायत भारतबाट पनि रेफर भएर आएका धेरै उदाहारणी केश माथि उपलब्धी हासिल गरेको छ ।

हालको परिपेक्षमा धेरै आमा बुवाहरु सन्तान जनमाउने रहर भएता पनि सो बाट बञ्चीत रहेकोले भएको पाईन्छ । पछिल्लो समय यस सुर्या हस्पिटलले आई.भि.एफ सेवा प्रदान गरी यस्ता दम्पत्तीहरुलाई आमा बुबा पनि बनाई रहेको छ । हाल सम्म ३० भन्दा माथि दम्पत्तीले आई.भि.एफ सेवा लिईरहेको डा.सिंहले जानकारी दिनु भयो ।

हस्पिटलले आकास्मीक सेवा सहित सुपर स्पेष्लिटी सेवाहरु जस्तै घुडा र कुल्हा प्रत्यारोपन सेवा, घुडाको च्यातीको नशा बनाउने सेवा तथा स्पाईको सर्जरी गर्ने सेवा प्रदान गदै निसंतान अर्थात बाझोपन हटाउने हिष्ट्रो स्कोपी सेवा लगायत सबै प्रकारको सेवाहरु दिदै आएको छ ।

Leave A Reply

Your email address will not be published.