नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाइयो
वीरगञ्ज, १० साउन
वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।
स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको हो ।
आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश दिएसँगै अतिक्रमण गरेर निर्माण गरेको संरचना महानगरले हटाइएको हो ।
सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढेको छ । सोही अनुसार आज नगवाको नयाँ गाउँमा सडक अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।
अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।