मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु
सर्लाही १० श्रावण
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।
सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका साहको शव ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ ।