Publi Readers
All about truth & reality in surrounding & in universe.

लागु औंषध सेवन तथा कारोबार नियन्त्रण गर्न जनचेतनामूलक पर्चा पम्पलेट बितरण

8

 

बिरगंज १० साउन

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज लागू औंषध सेवन तथा कारोवार नियन्त्रण गर्न जनचेतनामूलक पर्चा पम्प्लेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा बुधबार प्रहरी बिट छपकैया-२ अगाडि सवारी साधन त पैदल यात्रीहरुलाई रोकि लागु औंषध सेवान तथा कारोवार नियन्त्रण गर्न सो कार्यक्रमको आयोजना गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हकले जानकारी दिनु भयो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हकको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल , पुर्व वडा सदस्य म. खलिल अन्सारी , प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरी ,प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी सहायक हवल्दार झगरु प्रसाद यादव , प्रहरी जवान दिपेन्द्र कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.