Publi Readers
All about truth & reality in surrounding & in universe.

श्री राजेश्वर गिरी फकिरा गिरी बिद्यालयमा कक्षा ११ भर्ना हुने बिधार्थी हरु लाई नि शुल्क रुपमा पढाइने

3

बारा १० श्रावण

बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा नं ७ मा पर्ने श्री राजेश्वर गिरी फकिरा गिरी बिद्यालयको कक्षा ११ र १२ मा भर्ना हुने र अध्यापन गर्ने बिधार्थी हरु लाई नि शुल्क रुपमा पढाई सुरु गरिएको छ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वार्ड अध्यक्ष समेत रहेका सुनिल कुमार गुप्ता ले कक्षा ११ र १२ का पढन पाठन निशुल्क रहेको घोषणा गरेका छन् ।

अध्यक्ष का अनुसार यो स्कूल मा कक्षा 11 मा भर्ना हुने विद्यार्थीहरुलाई पहिला प्रवेश परीक्षा लिइन्छ । र परिक्षा मा पास भएका बिधार्थी हरु लाई मात्र भर्ना गरिने उनले बताए।पढाई मा कुनै किसिमको समझौता नहुने र जुन बिधार्थी हरु लाई पढने इच्छा हुन्छ त्यो बिधार्थी हरु लाई हामि सक्दो सहयोग गर्ने बताए।

कक्षा 11 र 12 पढ्नको लागि अन्य स्कुल हरु मा शुल्क तिर्नु पर्छ तर यहाँ कुनै शुल्क लागि रहेको छैन । वार्ड अध्यक्ष लाई खाली पढाई चाहिएको छ ।हामिले कसरी राम्रो गर्ने सक्छौ वार्ड अध्यक्ष ले हामि दिन दिनै सल्लाह सुझाव गरिरहेको बिधार्थी हरु ले प्रतिक्रिया दिए का छन।

Leave A Reply

Your email address will not be published.