Publi Readers
All about truth & reality in surrounding & in universe.

बिलबिजक भन्दा बढी लोड ट्रक सशस्त्र प्रहरी द्वारा नियन्त्रण

25

वीरगंज ।
बीरगन्ज । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगन्जले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान बीरगन्ज घण्टाघर स्थित सडक खण्डबाट बीरगन्जबाट पोखरातर्फ जादै गरेको ना.४ ख २६४१ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेले जनाउनु भएको छ । मेरो कमान्डमा गस्ती गरिरहेकी बेला बिल बिजक भन्दा बढी किराना सामानहरु रहेको फेलापरेपछी ट्रक नियन्त्रणमा लिएको पाण्डे ले बताए । ट्रकमा बिलबिजकमा ३१ लाख ७३ हजार मुल्य उल्लेख थियोे । किरानाको सामानहरु सहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जानकारी गुल्मले गराएको छ।

Leave A Reply

Your email address will not be published.