Publi Readers
All about truth & reality in surrounding & in universe.

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट मा पाकिस्तान विजयी

170

एजेन्सी: घरेलु टीम वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट पाकिस्तान विजयी भएको छ ।

किङ्सटन खेलिएको टेस्टमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय २ रन जोडेको थियो । पाकिस्तानका लागि फावद आलमले अविजित रहदै १ सय २४ रनको शतकीय इनिङ्स खेले । पहिलो इनिङ्समा वेस्ट इन्डिज १ सय ५० रनमा अलआउट हुन पुग्यो।

दोस्रो इनिङ्समा पाकिस्तानले १ सय ७६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा वेस्ट इन्डिजलाई ३ सय २९ रनको लक्ष्य दिएको थियो।

जवाफमा वेस्ट इन्डिजले मात्र २ सय १९ रन बनाउन सक्यो ।

यस जितसँगै दुई टिमबीचको दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ ।

Leave A Reply

Your email address will not be published.