Publi Readers
All about truth & reality in surrounding & in universe.

नेकपा एमालेका युवा नेता अजय गुप्ताको पहलमा मंगलबार दोस्रो दिन पनि रानिघाटमा खानेपानी वितरण

13

 

वीरगञ्ज ९ श्रावण।

नेकपा एमालेका युवा नेता अजय गुप्ताको पहलमा मंगलबार दोस्रो दिन पनि  रानिघाटमा खानेपानी वितरण ­ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अन्तर्गत घडिअर्वासहित विभिन्न टोलमा युवा नेता गुप्ताले सोमबार देखि खानेपानी वितरण गरिरहेका हुन् ।

पछिल्लो समय तराई का जिल्ला हरुमा पानीको हाहाकार मच्चिरहेको बेला गुप्ताले आफ्नो व्यक्तिगत लगानीमा पानी वितरण गरेका थिए । खानेपानीको अभावमा कसैलाई पनि झल्नु नपरोस् भन्ने उद्देश्यका साथ वडामा पानी वितरण गरिएको उनले बताए ।

गुप्ताले पर्साको छिपहरमाई गाउँपालिकाको विशेष सहयोगमा खानेपानी वितरण गरिएको जानकारी दिए । गाउँपालिकाबाट आएको ट्याङ्करबाट पानी वितरण गरिएको उनले बताए ।

उनले पानीको आवश्यकता परेको खण्डमा आफ्नो मोबाइल नम्बर ९८४५१९१७१२ मा स्थानीयहरूलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

बितेको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज – १० मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको प्रत्याशीसमेत रहेका गुप्ता आफ्नो सामाजिक कामका लागि हरेकपल परिचित छन्

Leave A Reply

Your email address will not be published.