म्यानचेस्टर युनाइटेड समर्थक टोलीले सी डिभिजन छनोट खेल्दै
काठमाडौं । बेलायती क्लब म्यानचेस्टर युनाइटेड समर्थकको टोलीले सी डिभिजन लिगको छनोट खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको लिगमा युनाइटेड समर्थक समूहको विजयचोक युवा क्लबले खेल्ने भएको हो ।
यसअघि नैकाप गोल्डकप, सुटर्सकप जस्ता घरेलु प्रतियोगिता खेलिसकेको क्लबले सी डिभिजन लिग छनोट खेल्न लागेको हो । सन् २०१२ सालमा युनाइटेड समर्थकहरुले यो क्लबको स्थापना गरेका थिए । क्लबले फुटबलसँगै सामाजिक कार्य पनि गर्दै आइरहेको छ ।
त्यस्तै क्लबले हेल्थ क्याम्प आयोजना गर्ने, खाद्यान्न वितरण गर्ने र खेलकुद सामाग्रि वितरण गर्ने कार्य गरिरहेको छ । सी डिभिजन लिग छनोट अगस्ट २६ बाट हुँदैछ ।