प्रदेश सांसद बिणा शर्माले बनाए महिलालाई आत्मनिर्भर , ४० महिलाले लिए कम्प्युटर तालिम
बीरगन्ज १७ अषाढ।
प्रदेश सभा सदस्य बिणा देवी शर्माले आफ्नो संसदीय कोषबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन ४० जनालाई कम्प्युटरको तालिम दिलाउनु भएको छ ।
महिला शशक्तिकरणको लागि आयोजित ४५ दिने तालिमको समापनमा प्रदेश सभा सदस्य बिणा देवी शर्मा, पुर्वाधार विकास कार्यालय पर्साका प्रमुख सि डि इ दिपक कुमार मिश्रले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको छ । राजन कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका ४० महिलाको सहभागिता रहेको थियो ।