दलित समुदाय लाई हेर्ने दृष्टिकोण अझै फरक
सावित्री शर्मा
बारा ३ जेठ
हाम्रो समाजमा एउटा जनावर मर्यो भने त्यसलाई फ्याक्ने मानिसको अभाव हुँदैन तर कोही एउटा दलित समुदायका व्यक्ति मर्दा उसका जातका मान्छे बाहेक अरु जान तैयार हुदैन।
हाम्रो हिन्दु समाजमा दलित समुदायले निर्माण गरिएको बिभिन्न बस्तु हरुलाई आफ्नो चाडपर्व, बिहे बारी मा प्रयोग गर्छै तर उसै सँग छुवाछुत मान्ने गर्दछ । हाम्रो समाजमा बच्चा जन्मे देखि मृत्यु सम्म डोम जातिले बनाएको बास को बिभिन्न समाग्री हरुको अव्यशेकता पर्दछ । तर उनिहरुले हाम्रो छोयो भने गालि गर्छै।
यहि यथार्थताका बीच बाँचिरहेका छन् दलित समुदाय । बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् । दलित जाति अझै मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् । नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।
संसारमा देखापरेको सबै जातीय समस्याहरूमध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बा“च्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पिडादायक छ ।
नेपालमा दलित शब्दलाई वि.स २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद्’ नामको संगठनले पहिलोचोटी प्रयोगमा ल्यायो । त्यसअघि नेपालमा ‘अछुत’, ‘परिगणित’, ‘हरिजन’ जस्ता शब्दहरू प्रयोग गरिन्थ्यो । यसप्रकार दलित आन्दोलनका क्रममा स्थापित ‘दलित जाति’ शब्दले हिन्दु समाजमा ‘अछुत’ बनाइएका जातहरूको साझा परिचय बुझाउने अर्थ ग्रहण गरिसकेको छ र ती जातहरूले पनि ‘दलित जाति’ शब्दलाई आन्दोलनबाट स्थापित आफ्नो सम्मानजनक परिचयका रुपमा ग्रहण गरिसकेको आहुतीको भनाइ छ ।
नेपालको सन्दर्भमा वि.स १९१० को मुलुकी ऐनले जातिय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक तथा धार्मिकरुपमा राष्ट्रिय मूलप्रवाहबाट पछाडि पारिएका जात जातिका समुदायलाई दलित वर्ग भनी परिभाषित गरेको छ भने नेपाली समाजमा पानी चल र अचल ठहर गरेको समुदाय नै ‘दलित समुदाय’ हो भनेको छ । वि.सं २०२० सालको मुलुकी ऐन, अदलको १० (क) न. लागू हुनुभन्दा अगाडिका राज्य, समाज व्यवस्थाले ‘जातपात र छुवाछुत प्रथा’ कायम गराई (अद्यापि कायम रहेको) पानी नचल्ने, छोइछिटो हाल्नु पर्ने (अछुत) जातिका रुपमा चिनिने समुदायहरू नै दलित हुन् ।
अहिले हाम्रो समाजमा हेर्ने हो भने दलित प्रति हेर्ने अलि दृष्टिकोण अलि फरक पाईन्छ । शिक्षा मा पहुँच भएको छ। अहिले दलित समुदाय पनि संगठित आफ्नो हक अधिकार का लागि अगाडि बढिरहेको छ। नेपाल सरकार ले पनि राजनैतिक पहुच का लागि दलित कोटा नैई छुट्याएको छ। तर छुवाछुत भने कायमै रहेको छ। अहिले पनि दलित समुदाय बिभिन्न समाजिक काम मा सहभागिता गराउने गरिएको छैन।