Publi Readers
All about truth & reality in surrounding & in universe.

पीडिलाई न्याय दिलाउन मानवअधिकार कर्मीको अहम भुमिका : नगर प्रमुख सिंह

18

बीरगन्ज । बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले आम सर्वसाधारणकोको न्याय मा पहुँच न्यून हुदै गएकोले मानवअधिकारवादी ले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताउनु भएको छ । स्वतन्त्र मानव अधिकार समाजले चौथो राष्ट्रिय परिषद्को उदघाटन गर्नु हुँदै बीरगन्ज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंहले राम्रो काम को सहराना र गलत कार्य को बिरोध गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बीरगन्ज महानगर को समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल गर्नु भएको छ ।
मानव अधिकार समाज को कार्यमा एक बीरगन्जको विकासमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरेकोमा नगर प्रमुख राजेश मान सिंहलाई समाज ले सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र वरिष्ठ साहित्यकार नवराज लम्सालले सम्मान पत्र प्रदान गर्नु भएको थियो । यसैगरी वडा न ५ को वडा अध्यक्ष प्रदीप चौरसियालाई समाजले सम्मान गरेको थियो । स्वतन्त्र मानव अधिकार समाजले चौथो राष्ट्रिय परिषद्को उदघाटन समारोहमा वरिष्ठ साहित्यकार नवराज लम्साल , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली काग्रेसका प्रकाश उपाध्याय , पत्रकार धुर्व साह ले शुभकामना मन्तव्य दिनु भएको थियो । समाजको राष्ट्रिय अध्यक्ष कृष्ण खनाल को सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण धुर्व अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.