Publi Readers
All about truth & reality in surrounding & in universe.

कम्प्युटर अपरेटर नियुक्तिका लागि महानगरले लियो परीक्षा

33

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले कम्प्युटर अपरेटर पदमा नयाँ कर्मचारी पूर्ति गर्न शनिबार परीक्षा लिएको छ ।

खुला आवेदनमार्फत महानगरले ३३ जना कम्प्युटर अपरेटर भर्ना गर्नका लागि परीक्षा लिएको हो ।

प्रारम्भिक योग्यता क्रममा परेका आवेदकहरुको परीक्षा लिइएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनु भयो ।

गएको माघ २५ गते सूचना सार्वजनिक गर्दै आवेदन माग गरेकोमा १ हजार ४ सय ८० जनाले दरखास्त बुझाएका थिए । जसमध्ये बैशाख १९ गते प्रारम्भिक योग्यता क्रम सार्वजनिक गर्दा १ हजार ४ सय ५१ जनाको नाम प्रकाशित भएको थियो ।

प्रारम्भिक सूचिमा नाम प्रकाशित भएकाहरुको त्रिजुद्ध मा.वि. र त्रिभुवन हनुमान मा.वि. परीक्षा केन्द्रबाट परीक्षा लिइएको प्रशासन प्रमुख ताम्राकारले जानकारी दिनुभयो । परीक्षाको महानगर प्रमुख राजेशमान सिंहले अनुगमन गर्नुहुँदै अनुशासित भएर परीक्षा दिन आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.